बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

चोरीको आरोप लागेपछि संगीकार खड्काले भने- ‘वसन्तविरुद्ध मुद्दा दायर गर्छु’

शुक्रबार, २८ माघ २०७८, १६ : २७
शुक्रबार, २८ माघ २०७८

संगीतकार महेश खड्काले अर्का संगीतकार वसन्त सापकोटाविरुद्ध मानहानीको मुद्दा दायर गर्ने बताए । सापकोटाले संगीत चोरेको आरोप लगाएपछि खड्काले आरोप प्रमाणित गर्न चुनौती दिँदै आरोप प्रमाणित गर्न नसके मानहानीको मुद्दा दायर गर्ने बताएका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संगीतकार खड्काले संगीतकार वसन्त सापकोटाले संगीत चोरी गरेको भनेर आफूमाथि लगाएको आरोप निराधार रहेको बताए ।  सापकोटाले बौद्धिक सम्पती चोरीको विषयमा कानूनी उपचार खोज्ने धेरै कानूनी उपाय छोडेर संगीतकार सापकोटाले मिडियाबाजी गरेर आफ्नो प्रतिष्ठामा आँच पु¥याएको आरोप समेत खड्काले लगाए ।

गायक प्रमोद खरेल र बालगायिका रुक्साना लिम्बूले गाएको ‘नोगेन’ बोलको गीतको संगीत केही अंश चोरेको आरोप संगीतकार वसन्त सापकोटाले खड्कालाई लगाएका थिए । संगीतकार सापकोटाले आफूले संगीत भरेको नेपाली चलचित्र ‘सिलसिला’ को ‘सागर सरी चोख्यो माया’ भन्ने गीतको धेरै अंश चोरी भएको एक सार्वजनिक कार्यक्रममा खड्का माथि आरोप लगाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप