२४ घण्टामा थप ११२७ जनामा कोरोना पुष्टि, १४ को मृत्यु
शुक्रबार, २८ माघ २०७८, १६ : ०३

पछिल्लो २४ घण्टामा थप ११२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९८९ जनामा कोरोना परीक्षण भएको थियो । यस्तै २२१५ जना निको भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७२ हजार १४१ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३६ हजार ९७३ जनामा पुगेको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ३२ हजार ८२२ जना निको भएका छन् । यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८७८ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमित २७ हजार ४४१ जना रहेका छन् ।
यसअघि समाचारमा तथ्यांक अन्यथा भएकाले सच्याइएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चारिका समूहद्वारा रातोपाटीकर्मी सरिता थारु सहित ६ जना महिला पत्रकार सम्मानित
-
महामन्त्री विश्वप्रकाशले दिए फिल्मको गीतमा संगीत
-
तस्बिरमा यस्तो देखियो पूर्वमिस नेपाल अश्मीको मेहेन्दी समारोह
-
गण्डकीमा कर्मचारी सरुवा गर्दा मुख्यमन्त्री सचिवालयले लुट प्रणाली अपनाएको आरोप
-
ला मासियाबाट निखारिएका यी १६ वर्षीय मिडफिल्डरमाथि चर्चित क्लबहरुको आँखा
-
कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने