आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सर्लाहीमा ठूलो परिमाणमा लागुऔषध बरामद

शुक्रबार, २८ माघ २०७८, १५ : ३१
शुक्रबार, २८ माघ २०७८

सशस्त्र प्रहरी बल सर्लाहीले ठूलो परिमाणमा अवैध लागुऔषध नाइट्राभेट बरामद गरेको छ ।  शुक्रबार दिउँसो सर्लाहीको बरहथवा नगरपालिका–१७, श्रीपुर कटानीबाट ४० प्याकेट १२ सय पिस नाइट्राभेट ट्याब्लेट बरामद भएको सशस्त्र प्रहरी बल नेपाल १० नम्बर गण कविलासीले जनाएको हो ।

लागुऔषध ओसारपसारमा संलग्न तस्करले ना ५५ प ९२८ नम्बरको मोटरसाइकलमा राखेर तस्करी गर्दैगर्दा उक्त लागुऔषध बरामद भएको सशस्त्र प्रहरी १० नम्बर गण कविलासीका एसपी भरत खनियाँले जनकारी दिए । सशस्त्र प्रहरी सुरक्षा बेस सुन्दरपुर चोहर्वाको गस्ती टोलीलाई देख्नेबित्तिकै तस्कर लागुऔषध र मोटरसाइकल छाडेर फरार भएको एसपी खनियाँको भनाइ छ ।

तस्करले बोरामा राखेर लैजाँदै गरेको अवस्थामा लागुऔषध बरामद भएको प्रहरीले जनाएको हो । बरामद लागुऔषध र मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यलय सर्लाहीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

जिल्लामा पछिल्लो समय लागुऔषधको कारोबार बढे सँगै दुर्व्यसनसमेत बढेको प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जिल्लामा लागुऔषध प्रयोगकर्ता र कारोबारी नियन्त्रणका लागि अभियान नै सञ्चालन भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप