सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

त्रिपुरेश्वरमा आधुनिक शौचालय सञ्चालन

शुक्रबार, २८ माघ २०७८, १५ : १८
शुक्रबार, २८ माघ २०७८

काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ ।   शुक्रबार एक कार्यक्रमका बीच महानगरका मेयर विद्यासुन्दर शाक्यले आधुनिक शौचालय उद्घाटन गरेका हुन् ।

एरोशानसँगको सहकार्यका निर्माण गरिएको शौचालय ५ स्वायर फिटमा निर्माण भएको छ भने यसको लम्बाई २८ फिट र चौडाई १२ फिट रहेको छ । महिला पुरुष दुवैले प्रयोग गर्न मिल्ने यस शौचालयमा पुरुष युरिनल ४ वटा क्युविकल २ वटा, महिलाका लागि २ वटा, एउटा समावेशी स्थान बनाइएको छ ।

उदघाटन कार्यक्रममा बोल्दै मेयर शाक्यले काठमाण्डौ महानगरको प्राथमिकता दिगो विकासका लागि वातावरणमैत्री पूर्वाधार निर्माण र प्रविधियुक्त सहरी सेवा सुविधा वितरण रहेको बताए । यो शौचालयबाट दुर्गन्ध नआउने र महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक सबैका लागि प्रयोगमैत्री भएको मेयर शाक्यले बताए ।

नवनिर्मित शौचालयमा आकाशे पानी संकलन, प्रशोधन र प्रयोग गर्न मिल्ने प्रविधि जडान गरिएको छ । यसमा स्वचालित प्रविधिमा आधारित फोहोर व्यवस्थापन प्रणाली पनि जडान गरिएको छ । यस्तै यस शौचालयमा महिलाहरुलाई प्याड लिन मिल्ने र प्रयोग गरिएको प्याड व्यवस्थापन गर्ने डिस्पोजल मेसिन, स्वचालित प्रबिधिबाट पानी र झोल साबुन आउने प्रविधि, हात सुकाउने मेसिन (ह्याण्ड ड्रायर) जस्ता सुविधा जडान गरिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप