शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

मिस्टर नेपाल सन्तोषले आरतीसँग कसे लगनगाँठो, १० तस्बिरमा हेर्नुहोस्

शुक्रबार, २८ माघ २०७८, १४ : ०२
शुक्रबार, २८ माघ २०७८

‘मिस्टर नेपाल २०१९’ का विजेता डा.सन्तोष उपाध्याय विवाह बन्धनमा बाँधिएका छन् । उनले पोखराकी आरती पराजुलीसँग शुक्रबार हिमालय होटल कुपण्डोलमा लगनगाँठो कसेका हुन् ।  सन्तोष र आरतीको विवाह समारोह अहिले पनि जारी छ । विवाहमा सन्तोष र आरती दुबै एकदमै खुसी देखिएका छन् । केही वर्षदेखि प्रेममा रहेका आरती र सन्तोषले पारिवारिक सहमतिमा विवाह गरेका हुन् ।

दुवैको तीन साता अगाडि नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्याङ्केटमा एक समारोहका बीच इन्गेजमेन्ट भएको थियो । कोरोना कहर भएकोले इन्गेज्मेन्ट समारोहमा दुबै तर्फका सिमित पारिवारिक ब्यक्तिको मात्र उपस्थिति थियो । विवाहमा पनि दुबै तर्फमा सिमित आफन्तको सहभागिता रहेको छ । सन्तोषले भव्य रिसेप्सन पार्टी भने केही दिनपछि दिँदैछन् ।

आरती पेसाले चार्टर एकाउन्टेन्ट हुन् । उनी अहिले नेपाल इन्भेष्टमेन्ट बैंकमा सिनियर अफिसरको रुपमा कार्यरत छिन् । सन्तोष भने पेसाले डाक्टर हुन् । उनी पछिल्लो समय स्वास्थ्य भन्ने डिजिटल प्लेटफर्ममा कार्यरत छन् ।

सन्तोषले २०१९ मा मिस्टर नेपाल उपाधि जितेका थिए । त्यसपछि ‘मिस्टर सुपरस्टार २०२०’ जितेका उपाध्यायले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस्टर सुपर न्यासनल २०२१’ मा थर्ड रहनर अफ भएका थिए । उनी छिट्टै फिल्म अभिनयमा पनि देखिने तरखरमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप