बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

एमसीसीबारे ओली गैरजिम्मेवार बनेको प्रचण्डको सचिवालयको आरोप

शुक्रबार, २८ माघ २०७८, १३ : ४१
शुक्रबार, २८ माघ २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले एमसीसीको सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । बिहीबार साँझ ओली र प्रचण्डबीच भएको टेलिफोन कुराकानीका क्रममा एमसीसीबारे सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गर्न प्रचण्डले आग्रह गरेपनि ओली गैरजिम्मेवार बनेको सचिवालयको आरोप छ ।

‘अध्यक्ष कमरेड प्रचण्डले एमसीसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो । यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं । यसमा तपाईं र  तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं । देश अहिले निर्वाचनमा होमिएको र एमसीसीमा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौं भन्नुभएको हो’, प्रचण्डका स्वकीय सचिव रमेश मल्लले शुक्रबार सामाजिक सञ्जालमार्फत बताएका छन् । 

तर अध्यक्ष ओलीले त्यसलाई गम्भीरतापूर्वक नलिएको उनको भनाइ छ । ‘उहाँले बरु तपाईंहरुसँग बहुमत छ, पास गर्नुस्। तर गैर संसदमा रहँदासम्म संसद चल्न भने दिन्नौँ भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काउनु भएको हो। यसबारे अरु कुनै भ्रम रहन जरुरी छैन’, मल्लले भनेका छन् । 
यसअघि विहीबार साझ प्रचण्डले ओलीलाई फोन मार्फत एमसीसीबारे निर्णयमा पुग्न आग्रह गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका थिए । प्रचण्डले ओलीलाई गरेको आग्रह उद्धृत गर्दै रिजालले भनेका थिए,  ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन ।’ 

ओलीले  पहिले आफूले निर्णय गर्न प्रचण्डलाई जवाफ फर्काएको रिजालको भनाइ छ ।  ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४–५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ,ु ओलीको भनाइ उद्धृत गर्दै रिजालले लेखेका छन्, ‘अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नुस् ।  नेकपा (एमाले) त निर्णय गरिहाल्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप