पूर्वी चितवनमा देखियो बर्ड फ्लु, दुई सय कुखुरा मरे
![पूर्वी चितवनमा देखियो बर्ड फ्लु, दुई सय कुखुरा मरे](https://rpcdn.ratopati.com/media/albums/birdflu_evZAalukMM.jpg)
पूर्वी चितवनको राप्ती नगरपालिकामा बर्ड फ्लु भेटिएको छ । राप्ती नगरपालिका-६ स्थित अनिता पशुपक्षी कृषि फर्मका कुखुरामा बर्ड फ्लु भेटिएको हो । फर्ममा पालिएका दुई हजार कुखुरामध्ये बर्ड फ्लुले दुई सय कुखुरा मरिसकेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
कुखुरा भटाभट मरेपछि २५ माघमा कुखुराको नमुना लिएर बर्ड फ्लु परीक्षण गरिएकोमा बुधबार पुष्टि भएको हो । ‘बर्ड फ्लु नियन्त्रणका लागि फर्मबाट सय मिटर आसपास चारैतिर भएका पक्षीहरू केहीबेरमा नष्ट गर्दै छौँ । बर्ड फ्लुले फर्मका करिब दुई कुखुरा मरेका छन्’, उनले भने ।
बर्ड फ्लुको रोकथाम तथा नियन्त्रणका लागि बुधबार केन्द्रबाटै बर्ड फ्लु देखिएको फर्मको सय मिटर आसपासमा पालिएका पक्षीहरू नष्ट गर्न निर्देशन दिइएको थियो । सोहीअनुसार आज केहीबेरमा फर्म आसपासका पक्षीहरू नष्ट गर्ने तयारी भइरहेको तामाङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सभा र यसको प्रभावकारिता
-
क्यान्सर उपचारमा गण्डकी सरकारको सहायता, सयौँ लाभान्वित
-
माधवनारायणको पूजासँगै एक महिने स्वस्थानी व्रत समापन (तस्बिरहरू)
-
'एक्टिङ स्टार'काे प्रि-जजमा २२२ जनाले देखाए अभिनय कला
-
बीपी राजमार्गको क्षतिग्रस्त खण्डको मर्मत सुरु
-
आज ८ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची