आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चोरी भएको मूर्ति भेटिएपछिको खुसीयाली, बाजागाजासहित मन्दिरमा भित्र्याइयो (फोटोफिचर)

शुक्रबार, २८ माघ २०७८, ११ : ५४
शुक्रबार, २८ माघ २०७८

ललितपुरको बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला पारेर प्रहरीले हस्तान्तरण गरेको छ । गुठीका अध्यक्ष नन्दबहादुर महर्जनलाई मूर्ति हस्तान्तरण गरिएको ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले रातोपाटीलाई बताए ।

स्थानीयले बाजागाजासहित खुसीयाली मनाएर बालकुमारी मन्दिरमा मूर्ति पुनस्र्थापना गरेका छन् । ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट हराएको मूर्ति शुक्रबार भेटिएको थियो । खुमलटारस्थित करुणा मन्दिरको हातामा बोरामा प्याक गरेको अवस्थामा मूर्ति भेटिएको एसएसपी पोखरेलले बताए ।

क्लासिक टावर पछाडिको मन्दिरमा बोरामा प्याक गरेको अवस्थामा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरी कन्ट्रोलमा खबर गरेका थिए । खोलेर हेर्दा मूर्ति भेटिएको थियो । मूर्ति चोरीमा संलग्नहरुबारे ललितपुर प्रहरी र अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप