चोरी भएको मूर्ति भेटिएपछिको खुसीयाली, बाजागाजासहित मन्दिरमा भित्र्याइयो (फोटोफिचर)
शुक्रबार, २८ माघ २०७८, ११ : ५४
ललितपुरको बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला पारेर प्रहरीले हस्तान्तरण गरेको छ । गुठीका अध्यक्ष नन्दबहादुर महर्जनलाई मूर्ति हस्तान्तरण गरिएको ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले रातोपाटीलाई बताए ।
स्थानीयले बाजागाजासहित खुसीयाली मनाएर बालकुमारी मन्दिरमा मूर्ति पुनस्र्थापना गरेका छन् । ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट हराएको मूर्ति शुक्रबार भेटिएको थियो । खुमलटारस्थित करुणा मन्दिरको हातामा बोरामा प्याक गरेको अवस्थामा मूर्ति भेटिएको एसएसपी पोखरेलले बताए ।

क्लासिक टावर पछाडिको मन्दिरमा बोरामा प्याक गरेको अवस्थामा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरी कन्ट्रोलमा खबर गरेका थिए । खोलेर हेर्दा मूर्ति भेटिएको थियो । मूर्ति चोरीमा संलग्नहरुबारे ललितपुर प्रहरी र अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ ।





















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण