आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

अवैध काठ र मोटरसाइकलसहित ३ जना पक्राउ

शुक्रबार, २८ माघ २०७८, १० : ४८
शुक्रबार, २८ माघ २०७८

रौतहटमा वन सुरक्षा गार्ड र सशस्त्र प्रहरीको संयुक्त टोलीले अवैध काठ र एउटा मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ का श्रीराम साह, बाबुराम श्रेष्ठ र वडा–५ का मनिष चौधरी छन् । डिभिजन बन कार्यालय चन्द्रनिगाहपुर बाट खटिगएको सुरक्षा गार्ड र सशस्त्र प्रहरीको संयुक्त टोलिले छुट्टाछुट्टै स्थानबाट झन्डै ४५ क्युफिट सालको काठ र एउटा भारतीय नम्बरको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको हो । 

डिभिजन बन कार्यालयका प्रमुख डिएफओ अमरदेव यादवले बिआर ०५ ए ७८३१ नम्बरको मोटरसाइकलमा काठ लोड गरि गइरहेको अवस्थामा गएराति १० बजे जुडिबेलास्थित जंगलबाट श्रीराम र बाबुरामलाई पक्राउ गरेको बताए । 

त्यसैगरी बृन्दाबन क्षेत्रभित्र बनमा सालको गोलिया बनाईरहेको अवस्थामा मनिष चौधरी गएराति साढे १२ बजे पक्राउ परेका हुन् । मनिष चौधरीसंगै रहेका अन्य ५ जना भाग्न सफल भएको उनले बताए । बरामद काठ, मोटरसाइकल र तिनैजना तस्कर डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको तथा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप