म्यानपावरका कारण २१ युवा पीडित, डेढ महिनामै मलेशियाबाट फर्कने तयारीमा

काठमाडौँ । वैदेशिक रोजगारका लागि मलेशिया पुगेका २१ युवाले सम्झौता अनुसारको तलब र काम नभएकोले नेपाल फर्कन चाहेको वताएका छन् ।
मासिक एक हजार ५६२ रिंगेट तलबका लागि सम्झौता गरेका युवाहरुले तोकिए अनुसारको तलब नपाएपछि फर्कन लागेको बताए । शेर्पा इन्टरनेशनल म्यानपावरमार्फत् गएका युवाहरुको सम्झौता पत्रमा जनरल अपरेटरको काम उल्लेख गरिएको छ । तर, युवाहरुलाई वालुवा बोक्ने काममा लगाइएको पिडितहरुले बताए ।
नियमित काम नभएको साथै बेसिक र ओभर टाइम गरि पाँच सय रिंगेट मात्रै तलब हुने उनिहरुको भनाई छ । असोज १० मा नेपाल छोडेका युवाहरुलाई १२ दिन पछि काममा लगाइएको थियो । कानुन विपरित शेर्पा म्यानपावरले एक लाख १० हजारका दरले प्रतिव्यक्ति पैसा उठाएको पिडितहरुले बताएका छन् । फ्रि भिसा फ्रि टिकटका लागि मलेशियाका लागि १० हजार रुपैयाँ लिन पाइने कानुनी व्यवस्था छ । कामदारहरुसँग गरिएको सम्झौता पत्रमा रोजगारदाताले सबै खर्च वेहार्ने उल्लेख छ ।
मलेशियाको देशपुरा रिसोर्स कम्पनीका लागि कामदार पठाएको म्यानपावरले ५० जनाको माग ल्याएकोमा २१ जनाको श्रम कार्यालयबाट पूर्वस्वीकृति पाएको थियो । म्यानपावरले कम्पनीले असोज ६ मा पुर्वस्विकृति पाएको थियो ।
रोजगारदाताले कामदारसँग तिन वर्षको सम्झौता गरेको छ । पिडित मध्यका एक युवाले सम्झौता पत्र अनुसारको तलब र सुविधा नभएको बताउँदै अर्को काममा लगाएकाले नेपाल फर्कन लागेको वताए ।
वैदेशिक रोजगार विभागका निर्देशक मोहन अधिकारीले पिडीतले विभागमा उजुरी दिएको अवस्थामा म्यानपावर कम्पनीलाई छानविन गरि कारवाहि गरिने बताए । पिडित युवाहरुको विषयमा शेर्पा इन्टरनेशनल म्यानपावर कन्सल्टेन्सीसँग बुभm्न खोज्दा साइटमा राखिएको दुई सम्पर्क नम्बरमा एकमा फोन लाग्दैन भने अर्को उठ्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा