आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

दाङको जुत्ता गोदाममा आगलागी हुँदा  ५ जनाको मृत्यु

शुक्रबार, २८ माघ २०७८, ०८ : २१
शुक्रबार, २८ माघ २०७८

दाङको तुलसीपुरस्थित एक जुत्ता चप्पलको गोदाममा लागेको भीषण आगलागीमा परेर पाँच जनाको मृत्यु भएको छ । गएराती पौने २ बजेदेखि इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा लागेको आगोमा परेर एक महिला २ पुरुष र दुई बालबालिकाको मृत्यु भएको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा १३ वर्षीया सजिाता खातुन, १४ वर्षीय हसन बकस, १५ वर्षीय मसिन बकस, ४० वर्षीय नजरदिन अली, पाँच वर्षीय, अबिददिन अलिको मृत्यु भएको  प्रहरी जनाएको छ । 

मृतकहरुको शव जलेको अवस्थामा निकालिएको छ । मृतकको शव अहिले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको प्रहरीले बताएको छ । घाइतेहरुको पनि राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।  आगो अहिले नियन्त्रणमा आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप