आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी बने अनन्त
नेपाल राष्ट्रिय फुटबल टोलीका सेन्ट्रल डिफेन्डर अनन्त तामाङ इन्डियन सुपर लिग ( आइएसएल)) क्लब इस्ट बंगानमा आगामी सिजनका लागि अनुबन्ध भएका छन् । जारी ए डिभिजन लिग-२०७८ मा थ्री स्टार क्लबबाट खेल्दै गरेका अनन्तले बाँकी आइएसएलका चार खेलमा इस्ट बंगानको प्रतिनिधित्व गर्नेछन् । उनले ललितपुरको थ्री स्टार क्लबबाट फुकुवा पत्रसमेत लिइसकेका छन् ।
जारी आइएसएलमा अनन्त चार खेलमा प्रतिनिधित्व पाउनेछन् । हाल क्लब तालिकाको पुछारमा रहेको छ ।
सम्झौतासँगै उनी अर्को साता भारत जाँदैछन । यद्यपि, क्लब तथा खेलाडी दुबैले आधिकारिक रूपमा अनुबन्ध भएको घोषणा गरेका छैनन् । भारतीय अनलाइन मिडियाले दुईतर्फी सम्झौता भएको बताइएको छ ।
यस सम्झौतासँगै २४ वर्षीय अनन्त आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी भएका छन् । इस्ट बंगानबाट भने पूर्वअअध्यक्ष गणेश थापाले खेलिसकेका छन् ।
अनन्त नेपाली टिमका नियमित सदस्यसमेत हुन् । एन्फा एकेडेमीका अनन्त विशेषत: सेट पिसका लागि माहिर मानिन्छन् ।
सन् २०१६ को बंगबन्धु गोल्डकप, १२ औं दक्षिण एसियाली खेलकुद (साग), सोलिडारिटी कप र १३औं साग नेपालले उपाधी हात पार्दा अनन्त टोलीका महत्त्वपूर्ण सदस्य थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
उपभोक्तालाई निर्बाध इन्टरनेट सेवा उपलब्ध नगराए हदैसम्मको कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
-
वैशाख ३१ मा बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत
-
आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनीत
-
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन मन्त्रालयकाे अपिल
-
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने