सोमबार, २२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

६ महिनामा विकास सहायता : विश्व बैंक समूहको आइडीएबाट ११ अर्ब ५१ करोड

एडीबीको प्रतिवद्धता ठूलो, भारतबाट कम उपलब्ध
शुक्रबार, २८ माघ २०७८, ०७ : २४
शुक्रबार, २८ माघ २०७८

नेपाल सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेटमा दुई खर्ब ५९ अर्ब ३५ करोड ६० लाख रुपैयाँ स्रोत प्रतिवद्धता जनाएका नौ प्रमुख विकास साझेदारले ६ महिनाभित्र औषतमा १२.४१ प्रतिशत रकम उपलब्ध गराएका छन् । एसियाली विकास बैंक (एडीबी) ले सबैभन्दा धेरै सहायता प्रतिवद्धता जनाएको छ ।

८८ अर्ब ८१ करोड आठ लाख रुपैयाँ स्रोत उपलब्ध गराउन प्रतिवद्धता जनाएको एडीबीले अहिलेसम्म पाँच अर्ब सात लाख अर्थात प्रतिवद्धताको ५.९७ प्रतिशत रकम उपलब्ध गराएको हो । एडीबीले ‘पोलिसी बेस्ड लेन्डिङ’ (पीबीएल) अन्तर्गत पनि ११ अर्ब ६० करोड रुपैयाँ प्रतिवद्धता जनाएको छ । सो प्रतिवद्धतामध्ये एक अर्ब आठ करोड रुपैयाँ सहायता नेपाललाई दिइसकेको छ ।

भारतले एक्जिम बैंकबाट १७ अर्ब ७३ करोड ४४ लाख रुपैयाँ ऋण दिने प्रतिवद्धता जनाएकोमा विकास साझेदारमध्ये सबैभन्दा कम अर्थात ५७ अर्ब ८१ करोड रुपैयाँमात्रै उलब्ध गराएको छ । भारतले ६ महिना अवधिमा प्रतिवद्धताको ३.२६ प्रतिशत रकममात्रै नेपाललाई उपलब्ध गराएको हो । 


यो अवधिमा नेपाललाई सबैभन्दा धेरै सहायता विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्था (आइडीए) ले उपलब्ध गराएको छ । ५५ अर्ब ३६ करोड ७५ लाख प्रतिवद्धतामध्ये चार अर्ब ६८ करोड ४४ लाख रुपैयाँ उपलब्ध गराइसकेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

आइडीएले ‘डेभलपमेन्ट पोलिसी क्रेडिट’ (डीपीसी) अन्तर्गत पनि २५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ सहायता उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । सो संस्थाले हालसम्म प्रतिवद्धताको २६.७२ प्रतिशत अर्थात ६ अर्ब ८२ करोड ६० लाख रुपैयाँ उपलब्ध गराइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप