आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

इंग्लिस प्रिमियर लिग : जोटाको दुई गोलमा लिभरपुल विजयी

शुक्रबार, २८ माघ २०७८, ०७ : ०३
शुक्रबार, २८ माघ २०७८

डिअगो जोटाको दुई गोलको मद्दतमा लिभरपुलले बिहीवार राति भएको इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २-० अन्तरले पराजित गरेको छ । जोटाले ३४औं र ८७औं मिनेटमा गरेको दुई गोलसंगै लिभरपुलले १५औं जित निकाल्दा शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको अग्रता दूरी घटाएको हो ।

यस खेलबाट अफ्रिका कप अफ नेसन्स खेल्न इजिप्ट पुगेका मोहम्मद सलाह टोलीमा फर्किएका छन् । जितसंगै लिभरपुल २३ खेलबाट ५१ अंक सहित दोस्रो स्थानमा यथावत छ । लेस्टर भने  २१ खेलबाट २६ अंक सहित  १२औं स्थानमा छ  । 

शीर्ष स्थानको सिटी २४ खेलबाट ६० अंक सहित लिभरपुल भन्दामाथि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप