दूधमा उपभोक्ता मूल्य नौ रुपैयाँले बढ्यो
![दूधमा उपभोक्ता मूल्य नौ रुपैयाँले बढ्यो](https://rpcdn.ratopati.com/media/albums/milk_ZHiPb2XUYc.jpg)
दूग्ध विकास संस्थान (डीडीसी)ले शुक्रबारबाट लागू हुनेगरी दूधमा उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएको छ । १७ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले किसानको कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएपछि डीडीसीले पनि उपभोक्ता मूल्य बढाएको हो ।
सरकारले किसानको मूल्यवृद्धिपछि डीडीसीले पनि उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएर ८५ रुपैयाँ पु¥याएको छ । यसअघि डीडीसीले उपभोक्तालाई मूल्य प्रतिलिटर ७६ रुपैयाँमा बिक्री गर्दै आएको थियो ।
डीडीसीका अनुसार प्रतिलिटर ९ रुपैयाँ बढाउँदा काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा दूधको प्रतिलिटर मूल्य ८५ रुपैयाँ पुगेको छ । यसैगरी, बुटवल र भैरहवामा एक लिटरको मूल्य ८१ र नेपालगन्ज र धनगढी क्षेत्रमा प्रतिलिटर मूल्य ७९ रुपैयाँ कायम भएको छ ।
मन्त्रिपरिषद्को बैठकले किसानले पाउने दूधको प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वृद्धि गरी ५६ रुपैयाँ चार पैसा पु-याउने निर्णय गरेको थियो ।
डीडीसीले कच्चा दूधको मूल्यवृद्धिसँगै ढुवानी भाडा लागत खर्च बढेको हुँदा वैज्ञानिक आधारमा स्टान्डर्ड दूधको मूल्य बढाउने निर्णय गरेको जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो अर्थतन्त्रमा धानको योगदान : उत्पादन बढाउन के गर्ने ?
-
कृषिलाई प्राथमिता दिन मुख्यमन्त्री कार्कीको आग्रह
-
वृद्ध दम्पती घरसहित पहिरोमा पुरिए
-
मल र बीउको अभाव नहोस् भन्नेमा सरकार सचेत छ : प्रधानमन्त्री
-
आज दही–चिउरा खाने दिन : दहीको कारोबार १ अर्ब रुपैयाँभन्दा बढी हुने
-
केपी ओलीले उद्घाटन गरेको २७ महिना बित्दा पनि सञ्चालन भएन ‘भ्यु–टावर’