बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

‘सिआईबीको पुलिस हौं’ भनेर नगद र मोबाइल लुटपाट

बिहीबार, २७ माघ २०७८, २१ : ०१
बिहीबार, २७ माघ २०७८

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको ‘प्रहरी हौं’ भनेर काठमाडौंको बौद्धबाट दुईजना युवाले नगद र मोबाइल लुटेका छन् । माघ २५ मा काठमाडौं महानगरपालिका–६ मा रहेको कुशल व्याङ्क्वेट अगाडि चिया खाइरहेका २ जनालाई उनीहरुले लुटेका हुन् ।

लुटमा संलग्न मध्येका गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखान घर भएका २७ वर्षीय सुजन मिश्रलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले रातोपाटीलाई बताए । मिश्रको साथबाट प्रहरीले राष्ट्रिय अनुसन्धान विभागको सुचकको परिचयपत्र बरामद गरेको छ । सो परिचयपत्रको आधिकारिकताबारे प्रहरीले विभागलाई पत्र लेखेर जानकारी मागेको छ । लुटमा संलग्न अर्का एकजना फरार छन् ।

चिया खाइरहेका व्यक्तिहरुलाई ‘तिमीहरु लागु औषध कारोबारी हौ ?’ भनेर उनीहरुले पहिले सो पसलमा र त्यसपछि लजमा लगेर खानतलासी गरेर एटिएमको पासवर्ड मागेर १ लाख ३६ हजार निकालेर लगेका थिए । माघ २६ मा फेरि फोन गरेर थप १ लाख मागेपछि पीडितहरु महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी गर्न गएका थिए ।

शुरुमा आरोपीहरुले २० लाख मागेको र पछि मोवाइल, एटिएम कार्ड र नगद लिएर हिँडेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पक्राउ परेका आरोपीमाथि बौद्ध प्रहरीले चोरी तथा डाँकासम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप