बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

नम्रता र दयाहाङको फिल्म ‘वरदान’ सार्वजनिक

बिहीबार, २७ माघ २०७८, २० : ३९
बिहीबार, २७ माघ २०७८

अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता दयाहाङ राई अभिनित सर्ट फिल्म ‘वरदान’ सार्वजनिक भएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको ‘वरदान’ शुभ मिडिया होमले निर्माण गरेको हो । २४ मिनेट अवधिको फिल्मले आत्महत्याको बिषयमा सन्देश दिन खोजेको छ ।

२०७६ सालको ‘जायरा’ पछि फिल्म अभिनयमा नगरेकी नम्रताले ‘वरदान’ को विषयवस्तु चित्त बुझेर काम गरेको बताइन् । ‘आत्महत्या रोकथामको विषयलाई उठाएको फिल्मले मानसिक स्वास्थ्यको संवेदनशीलता सबैले ख्याल गर्नुपर्ने सन्देश दिन्छ’ नम्रताले भनिन् । डिप्रेसनबाट गुज्रिरहेका र आत्महत्याको जोखिममा रहेका मानिस र उनीहरुका अभिभावक तथा साथी भाइलाई फिल्मले सजग गराउने नम्रताको भनाई रहेको छ ।

कोभिड–१९ पछि भएका लकडाउनले नेपालमा आत्महत्या बढेको समाचार पढेपछि आफू ‘वरदान’ को कथा लेख्न बाध्य भएको निर्देशक तथा लेखक दीपेन्द्र लामाले बताए । कोरोनाको कारण ‘दुई नम्बरी’ फिल्मको सुटिङ रोकेर बसेका लामाले भने, ‘आत्महत्या रोकथाममाथि विदेशमा अनगिन्ती सर्ट फिल्म बनेका छन् । नेपालमा पनि यो जरुरी छ भन्ने लाग्यो । र, वरदान बनाए ।’ दुई जनाको मात्र जीवन जोगाउन सके भने पनि त्यसलाई आफ्नो कामको सफलता ठान्ने लामाको भनाई रहेको छ ।

दयाहाङले सर्ट फिल्म अभिनय अनुभव अन्य भन्दा फरक भएको बताए । ‘फिल्ममा नम्रताको नै केन्द्रीय भूमिका छ, उनलाई सघाउन पाएकोमा म खुसी छु,’ दयाहाङले भने ।

शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको ‘वरदान’मा नम्रता र दयाहाङको अलवा लुनिभा तुलाधर, प्रवीण खतिवडा, जयनन्द लामा, पुष्कर गुरुङ, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनको समेत अभिनय देख्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप