निर्वाचन केन्द्रित काँग्रेस : दुई समिति गठन
नेपाली काँग्रेसले स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै दुईवटा समितिहरू गठन गरेको छ । पार्टी मुख्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्थानीय सम्पूर्ण पार्टी एकता र सक्रियता साथ स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय गर्दै स्थानीय निर्वाचन मूल तयारी समिति तथा घोषणा पत्र तयारी समिति गठन गरेको हो ।
आजको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरू, पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूका सम्बन्धमा र विविध विषयका प्रस्तावहरू प्रस्तुत गरेका थिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, डा. रामशरण महत, सुनिलबहादुर थापा, बलबहादुर के.सी., उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जीपछिरिङ लामा र आनन्दप्रसाद ढुंगानाले आफ्नो धारणा राखेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार बैठकमा संगठन सुदृढीकरण, सभापति पद रिक्त भएका भातृ एवम् शुभेच्छुक संस्थाको बारेमा, नयाँ भातृ र शुभेच्छुक संस्थालाई मान्यता प्रदान गर्ने सम्बन्धमा, थाती राखिएका क्रियाशील सदस्यहरूको व्यवस्थापन सम्बन्धमा, नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धनमा, केन्द्रीय अनुशासन समिति गठन सम्बन्धमा तथा बाँकी रहेका जिल्ला, क्षेत्र र पालिका समेतको अधिवेशनको नयाँ मिति घोषणा गर्ने सम्बन्धमा पनि छलफल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चतुर एन्चेलोटीले कसरी टारे ब्राजिलको संकट ?
-
वन तथा वन्यजन्तु संरक्षणका लागि बजेट अभाव चुनौती : मन्त्री चौधरी
-
आइफोन १८ प्रोका तस्बिर र प्राविधिक विवरण डार्क वेबमा
-
बजेट विवादका कारण कोशी प्रदेशसभा बैठक पुनः स्थगित
-
‘कङ्गाल करोडपति’मा मुकुनको जोडी बन्दै सलिना
-
एआई चिप बनाउन ५७६ अर्ब डलर खर्च गर्दैछ दक्षिण कोरिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण