बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

स्थानीय तहको निर्वाचनमा ७ सय २३ वटा गाडी किन्न प्रहरीको प्रस्ताव

प्रहरी परिचालन गर्न १२ अर्ब बजेट चाहिने निष्कर्ष
बिहीबार, २७ माघ २०७८, २० : १०
बिहीबार, २७ माघ २०७८

स्थानीय तहको निर्वाचनका लागी प्रहरी प्रधान कार्यालयले गाडी खरिदका लागी गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । प्रहरी प्रधान कार्यालयले २०७९ वैशाख ३० मा हुने स्थानीय तहको चुनावका लागी ७ सय २३ वटा गाडी किन्न प्रस्ताव गरेको छ । बिहीबार प्रधान कार्यालयले गृह मन्त्रालयमा गाडी सहित आवश्यक बजेटको प्रस्ताव पठाएको छ ।

चुनावका लागी पिकअप, प्रिजनर भ्यान, फर्चुनर टिप र ट्रक खरिद गर्नुपर्ने प्रस्ताव गरिएको छ ।  प्रहरी परिचालनका लागी गाडी खरिद सहित करिब १२ अर्ब बजेट चाहिने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ । बजेटबारे गृह मन्त्रालयले अर्थ मन्त्रालयसँग छलफल गरेपछि मात्रै टुङ्गो लाग्ने प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले रातोपाटीलाई बताए । उनले भने–‘गाडी नयाँ किन्ने वा भाडामा लिने भन्ने निर्णय भैसकेको छैन ।’ निर्वाचनको तयारीका लागी कार्य विभागका अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल बहादुर थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप