कमल थापाको नेतृत्वमा नयाँ पार्टी दर्ता गर्ने निर्णय
कमल थापा नेतृत्वको समूहले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको छ । राजधानीमा बिहीबार बसेको थापा पक्षको बैठकले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको हो । पार्टी दर्ताका लागि आवश्यक तयारी गर्न बैठकले थापालाई जिम्मेवारी दिएको छ ।
कमल थापा निकट नेता राजाराम बर्तौलाले बिहीबार बैठक बसेर पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय भएको बताए । उनले पार्टीको नाम राष्ट्रिय एकता पार्टी नेपालसहित अन्य केही नाम प्रस्ताव भएको र केही दिनमै अन्तिम टुंगो लाग्ने बताए ।
पार्टीको नेतृत्व कमल थापाले नै गर्नेछन् भने सुरुवाती चरणमा पदाधिकारीमा उद्धव पौडेल, सुशील श्रेष्ठ, चन्द्र बहादुर गुरुङ, बर्तौलालगायत रहनेछन् । उनीहरु थापाको पक्षमा खुलिसकेका छन् । तर, हाल राप्रपाको पदाधिकारीमा रहेकाहरु भने थापाको पक्षमा खुलिसकेका छैनन् । केही केन्द्रीय सदस्यचाहिँ खुलेका छन् ।
थापाले मंगलबार गृहजिल्ला हेटौडामा पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गरेका थिए । गत महाधिवेशनमा निर्मल निवासले आफूलाई चुनाव हराएको र सो विषयमा पार्टीले छानबिन गर्नुपर्ने पक्षमा रहेका थापा सो माग सम्बोधन नभएपछि राप्रपाबाट बाहिरिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण