काँग्रेस बैठकमा शशांकले भने, 'निर्वाचनमा कुनै पार्टीसँग गठबन्धन गर्नु हुँदैन'

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले आगामी स्थानीय तह निर्वाचनमा काँग्रेसले कुनै पार्टीसँग गठबन्धन गर्नु नहुने बताएका हुन् । बिहीबार बसेको नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठकमा बोल्दै नेता कोइरालाले आगामी स्थानीय तहको निर्वाचनमा कुनै पार्टीसँग गठबन्धन गर्नु नहुने धारणा राखेका हुन् ।
बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त रूपमा प्रतिक्रिया दिँदै उनले बैठकमा आफ्नो अस्तित्व जोगाउनका लागि अन्य पार्टीसँग नमिली एक्लै जानुपर्ने धारणा राखेको बताए । उनले भने, ‘मैले के भने भने हामी आफ्नै अस्तित्व जोगाउनुपर्छ । हामी कोही अर्को पार्टीसँग नमिलेर हामी जानुपर्छ भनेर मैले मात्रै बोले यसको बारेमा । मैले स्पष्टताका साथ राखेँ ।’
नेता कोइरालाले एमसीसी परियोजना पारित गर्नुपर्ने बताउनुभयो । स्थानीय तहको निर्वाचन नजिकै आएकाले पार्टीको भातृसंगठनहरुको अधिवेशन निर्वाचनपछि गराउने कुरा भएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने