काँग्रेस बैठकमा शशांकले भने, 'निर्वाचनमा कुनै पार्टीसँग गठबन्धन गर्नु हुँदैन'
नेपाली काँग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले आगामी स्थानीय तह निर्वाचनमा काँग्रेसले कुनै पार्टीसँग गठबन्धन गर्नु नहुने बताएका हुन् । बिहीबार बसेको नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठकमा बोल्दै नेता कोइरालाले आगामी स्थानीय तहको निर्वाचनमा कुनै पार्टीसँग गठबन्धन गर्नु नहुने धारणा राखेका हुन् ।
बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त रूपमा प्रतिक्रिया दिँदै उनले बैठकमा आफ्नो अस्तित्व जोगाउनका लागि अन्य पार्टीसँग नमिली एक्लै जानुपर्ने धारणा राखेको बताए । उनले भने, ‘मैले के भने भने हामी आफ्नै अस्तित्व जोगाउनुपर्छ । हामी कोही अर्को पार्टीसँग नमिलेर हामी जानुपर्छ भनेर मैले मात्रै बोले यसको बारेमा । मैले स्पष्टताका साथ राखेँ ।’
नेता कोइरालाले एमसीसी परियोजना पारित गर्नुपर्ने बताउनुभयो । स्थानीय तहको निर्वाचन नजिकै आएकाले पार्टीको भातृसंगठनहरुको अधिवेशन निर्वाचनपछि गराउने कुरा भएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण