८ जना सचिवको सरुवा, को कहाँ ?
सरकारले आठ जना सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा रहेका मधुसूदन बुर्लाकोटीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयकी देव कुमारी गुरागाईंको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश पाण्डेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा सरुवा गरिएको छ । वाणिज्यका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा पठाइएको छ ।
भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद थपलियाको सरुवा गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय (प्रविधि) सचिव सुरेश आचार्यलाई सरकारले खानेपानी मन्त्रालयमा सरुवा गरेको छ । यस्तै खानेपानी मन्त्रालयकी प्रमिलादेवी बज्राचार्यलाई शिक्षा, विज्ञान प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण