बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

विन्टर ओलम्पिकः नर्वे र जर्मनलाई सर्वाधिक ५ स्वर्ण पदक

बिहीबार, २७ माघ २०७८, १९ : १४
बिहीबार, २७ माघ २०७८

चीनको बेइजिङमा जारी विन्टर ओलम्पिक–२०२२ को छैटौं दिनमा नर्वे र जर्मनीले सर्वाधिक पाँच स्वर्ण पदक जितेका छन् । हालसम्म २४ राष्ट्रले पदक जित्दा १७ राष्ट्रले स्वर्ण पदक जितेका छन् । जसमा नर्वे सर्वाधिक ५ स्वर्ण, ३ रजत र ४ कास्य सहित १२ पदक जित्दै शीर्ष स्थानमा छ । 

यस्तै ५ स्वर्ण र ३ रजतसहित जम्मा ८ पटक जितेको जर्मन दोस्रो स्थानमा छ । 

यता, अष्ट्रिया र स्विडेनले ४–४ स्वर्ण पदक जितेका छन् । संयुक्त राज्य अमेरिका,  नेदरल्याण्ड र चीनले तीन स्वर्ण जितेका छन् । इटाली, रसियन ओलम्पिक कमिटी र स्लोभेनियाले समान दुई स्वर्ण जितेका छन् । 

यस्तै नौं राष्ट्रले एक/एक स्वर्ण पदक जितेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप