काँग्रेस कार्यसम्पादन समितिको बैठक भोलि पनि बस्ने
बिहीबार, २७ माघ २०७८, १९ : १०

सत्तारुढ दल नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बस्ने भएको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठक भोलि पनि जारी रहने जानकारी दिए । महतका अनुसार बैठकमा नेताहरुले बोल्नेक्रम जार रहको छ ।
‘नेताहरुको बोल्ने क्रम सकिएको छैन। भोलि पनि नेताहरुले आफ्नो धारणा राख्नुहुन्छ,’ उनले भने । उनका अनुसार बैठक भोलि सक्ने तयारी छ ।
आजको बैठकमा नेताहरुले एससीसी परियोजना, स्थानीय तहको निर्वाचन, भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन लगायतका विषयमा आ-आफ्ना धारणा राखेका थिए ।
आजको बैठकमा अधिवेशन बाँकी रहेका १६ जिल्लामा छिटो अधिवेशन सक्नुपर्ने विषयमा नेताहरुले धारणा राखेका थिए । ३७ सदस्यीय कार्यसम्पादन समितिका १२ जनाभन्दा धेरै नेताले आज धारणा राखेका छन् ।
यो पनि..
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा