फागुन २ गतेको संसद बैठक सार्न सभामुखलाई एमालेको आग्रह
आउँदो फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक हेरफेर गर्नका लागि नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सो दिन एमालेको विराटनगरमा प्रदेश नंबर १ स्तरीय भेलाको कार्यक्रम राखिएकोले सो मिति भन्दा अगाडि वा पछाडि बैठक बोलाउन आग्रह गरेको बताए ।
रातोपाटीसँग कुरा गर्दै सचेतक भट्टराईले भने–‘फागुन २ गते हामीले विराटनगरमा एमाले प्रदेश नंबर १ स्तरीय भेला राखेका छौँ । सो दिन हाम्रा धेरै सांसदहरु विराटनगर जाने भएकोले हामीले संसद बैठक छल्न खोजेका हौं । त्यसका लागि फागुन २ गते भन्दा अगाडि वा पछाडिको समयमा बैठक राख्न सभामुखलाई आग्रह गरेका छौँ । सभामुखज्यूबाट यसबारे कुनै जवाफ आएको छैन ।’
प्रतिनिधि सभाको बैठक बसेको बेला पनि एमालेले लगातार अवरोध गर्दैै आएको छ भने झन्डै २ महिनादेखि संसद बैठक पटक पटक सर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ कर्मचारीसँग स्पष्टीकरण माग
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
-
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश : सरकार आफैँ दृष्टिविहीन भयो
-
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्यो : ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण