फागुन २ गतेको संसद बैठक सार्न सभामुखलाई एमालेको आग्रह

आउँदो फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक हेरफेर गर्नका लागि नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सो दिन एमालेको विराटनगरमा प्रदेश नंबर १ स्तरीय भेलाको कार्यक्रम राखिएकोले सो मिति भन्दा अगाडि वा पछाडि बैठक बोलाउन आग्रह गरेको बताए ।
रातोपाटीसँग कुरा गर्दै सचेतक भट्टराईले भने–‘फागुन २ गते हामीले विराटनगरमा एमाले प्रदेश नंबर १ स्तरीय भेला राखेका छौँ । सो दिन हाम्रा धेरै सांसदहरु विराटनगर जाने भएकोले हामीले संसद बैठक छल्न खोजेका हौं । त्यसका लागि फागुन २ गते भन्दा अगाडि वा पछाडिको समयमा बैठक राख्न सभामुखलाई आग्रह गरेका छौँ । सभामुखज्यूबाट यसबारे कुनै जवाफ आएको छैन ।’
प्रतिनिधि सभाको बैठक बसेको बेला पनि एमालेले लगातार अवरोध गर्दैै आएको छ भने झन्डै २ महिनादेखि संसद बैठक पटक पटक सर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने