सारेगमप लिटिल च्याम्प विजेता कृपाको रहर : ‘हाइवेमा आइपुगेकी छु, अब हुइँकिनु छ (भिडियो अन्तरवार्ता)
गायन रियालिटी शो सारेगमप लिटिल च्याम्प नेपाल केही दिनअघि सम्पन्न भयो । प्रतियोगितामा झापा बिर्तामोडकी कृपा पौडेलले उपाधि हात पारिन् । १४ वर्षकी पौडेलले प्रतियोगिताको ताज पहिरिरहँदा उनको अबको सांगीतिक यात्रा कसरी अघि बढ्ला धेरैलाइै चासो छ ।
तर, विजेता पौडेल भने जीतको श्रेय दर्शकलाई दिँदै अवको यात्रा पनि दर्शकमै भरपर्ने बताउँछिन् । भन्छिन्, ‘एउटा जिम्मेवारीको झोला भिरेकी छु, अब दर्शक श्रोताले पनि बोक्न सघाउनु भयो भने पक्कै अघि बढ्छु।’
४÷५ वर्षको उमेरबाट गायनमा रुचि राख्दै आएकी कृपा आफ्नो बुवाबाट प्रभावित रहिछन् । ‘मलाई खूब संगीत मन पर्छ, मेरो पनि साङ्गीतिक दुनियाँमा रमाउने अनि ठूलो मान्छे बन्ने सपना थियो तर, खै सफल भएन।’ बुवा कुमार पौडेल आफू स्वयंमसँग गुनासो पोख्छन्।
तर, आफ्नो सपना छोरीले पूरा गरिदिँदा उनी मख्ख छन् । ‘मैले देखेको सपना छोरीले पूरा गरिदिएकी छिन्,’ उनी खुलेर छोरीको प्रशंसा गर्छन् ।
कृपा सारेगमपको स्टेज चढ्नुअघि थुप्रै प्रतियोगितामा सहभागी हुन्थिन् । भजन, आधुनिक गीत जस्ता गायन प्रतियोगितामा उनको उल्लेख्य सहभागिता रहन्थ्यो । ‘केही न केही उपाधि लिएरै आउँथिन्।’ आमा अनिता सुनाउँछिन्, ‘तर, गायन प्रतियोगितामा कहिलै उनी प्रथम भएकै थिइनन् । सायद देशकै प्रतिष्ठित प्रतियोगितामा प्रथम हुन लेख्या रहेछ।’
देशमा रियालिटी शोको संख्या उल्लेख्य छ । रियालिटी शोबाट उत्पादित जनशक्तिले दर्शक स्रोताको अपेक्षा पूरा गर्न नसक्दा यसको विरोध र आलोचना पनि उस्तै हुने गरेको छ । अब, यो भीडमा कृपा पनि आइपुगेकी छिन् ।
ताजको तौलसँगसँगै दर्शकको माया र अपेक्षालाई आफ्नो करियरसँग सन्तुलनमा अघि बढाउनु पर्ने चुनौति थपिएको छ उनीमा । रियालिटी शोबाट देशभरका सङ्गीत प्रेमीहरूमाझ उनी चिनिएकी छन् । तर, उनको बालापन हुनुपर्छ उनीमा त्यसको हेक्का छैन । झस्कँदै जिज्ञासा राख्छिन्, ‘मलाई सबैले चिन्नु हुन्छ र !’ यद्यपि उनलाई हेक्का छ कि मैले सांगीतिक दुनियाँमा केही गर्नुपर्छ ।
हाल कक्षा ९ मा अध्ययन गरिरहेकी कृपालाई संगीतमै उच्च शिक्षा लिएर साङ्गीतिक क्षेत्रकै चम्किलो नक्षत्र बनाउने रहर छ उनका बुबा र आमाको । अनि कृपाको रहर पनि उस्तै । उनी भन्छिन्, ‘हाइवेमा आइपुगेकी छु, अब हुइँकिनु छ...।’
भिडियो अन्तरवार्ता हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफ सिजनमा गुलजार नेपाली पर्यटन : भारतीय पर्यटक तान्न केले गर्यो काम ?
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको पहिलो हाफ गोलरहित बराबरी
-
खडेरीले बागलुङमा रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत
-
जननेता मदन भण्डारीलाई सम्झँदा
-
हेटौँडा उपमहानगरको उपलब्धि : ४ वर्षमा १० किलोमिटर कालोपत्र सडक
-
नेदरल्यान्ड्स र मोरक्कोबिच प्रतिस्पर्धा सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण