बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ‘हेवेन्ली स्पा’ मा छुट

बिहीबार, २७ माघ २०७८, १८ : ०७
बिहीबार, २७ माघ २०७८

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हेवेन्ली स्पामा विशेष छुट हुने भएको छ । सरल, सहज र गुणस्तरीय वित्तिय सेवा प्रदान गर्दै आईरहेको यस बैंकले आफ्नो ग्राहकलाई थप सुविधाको लागि स्पासँग सहकार्य गरेको जनाएको छ । 

सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहकले विभिन्न सेवाहरुमा छुट पाउने बैंकले जनाएको छ । 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरूबाट जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप