क्रिप्टोकरेन्सीमा बढ्दो नेपाली लगानीले अर्थमन्त्री तनावमा
क्रिप्टोकरेन्सीमा बढ्दो नेपाली लगानीले अर्थमन्त्री जनार्दन शर्मा तनावमा परेका छन् । नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी लगायतका भर्चुअल मुद्राको लगानीमा नेपालीको बढ्दो रूचीले अर्थमन्त्री शर्मालाई तनावमा पारेको हो । उनले आज चालू आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक समिक्षाको दौरान क्रिप्टोकरेन्सीमा नेपालीको बढ्दो लगानी बारे चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘नयाँ सूचना प्रविधिको विकास मानव जातिको लागि आफैँमा उपलब्धि हो । तर त्यो उपलब्धिभित्रका नकारात्मक पक्षहरू पनि छन् ।’
‘हाइपर फण्ड, बेटिङ, गेमिङ, क्रिप्टोकरेन्सी लगायतमा नेपालीको बढ्दो रूची देखिन्छ,’ मन्त्री शर्माले भने, ‘हाम्रो कानुन एकातिर छ । तर, कारोबार अर्कातिर भइरहेको छ ।’ उनले विगतमा अन्य माध्यमबाट ‘क्यापिटल फ्लाइ’ भइरहेकोमा अहिले भर्चुअल मुद्रामार्फत क्यापिटल फ्लाइ हुने गरेकोमा चिन्ता व्यक्त गरे ।
यस्तै, यस प्रकारको लगानीलाई नयमन र नियन्त्रण गर्नतर्फ सरकारले ध्यान मोडेको समेत अर्थमन्त्री शर्माले जानकारी दिए । ‘राष्ट्र बैंक र सरोकारवाला निकायहरूको संयुक्त टिम क्रिप्टोकरेन्सी लगायतको लगानीमा अध्ययन गर्दै छ,’ उनले भने, ‘त्यसमा अर्थमन्त्रालयको पनि ध्यान केन्द्रित भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण