एनएनआईपीए स्पोर्टस् अवार्ड फागुनमा
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गर्ने एनएनआईपीए स्पोर्टस् अवार्ड १७ फागुनमा हुने भएको छ । आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै अवार्ड ललितपुरस्थित वज्रवाराही मन्दिरमा हुने जनाएको हो ।
यस पटक ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका खेल संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा देखाएको उच्च प्रदर्शनका आधारमा छनोट गरी सिफारिस गरिएको खेलाडीहरूलाई पुरस्कार प्रदान गर्ने संघले जनाएको छ ।
२७ खेलका उत्कृष्ट खेलाडीले रु १० हजार सहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडी मध्येबाट एक पुरुष र एक महिला सर्वोत्कृष्ट खेलाडी चयन गरिने छ । जसले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडी चयन गरिने र विजयीले ५० हजार प्राप्त गर्ने छन् । एक पुरुष र एक महिला उदीयमान खेलाडी चयन गरी ५० हजार नगदले सम्मान गरिने छ । एक पाका खेलाडी जसले खेलकुदमा जीवन व्यतीत गर्नुका साथै खेलकुदको विकासमा योगदान पुर्याएका छन् उनलाई गजराज आदर्श खेल व्यक्तित्व पुरस्कार बाट सम्मान गरिने छ ।
यस्तै एक खेल पत्रकारलाई एनएनआईपीए खेल पत्रकार पुरस्कारबाट सम्मान गरिने छ । जसमा नगद २५ हजार रहेको छ । यस्तै एक जना वर्ष उत्कृष्ट पारा खेलाडी हुनेछन् । जसले १० हजार पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन