२४ घण्टामा थप १३६९ जनामा संक्रमण पुष्टि, १२ को मृत्यु
पछिल्लो २४ घण्टामा देशभर १३६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा २२३८ जना कोरोना संक्रमणमुक्त बनेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएअनुसार ११ हजार ८८० जनामा नमुना परीक्षण गर्दा १३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी बितेको २४ घण्टामा १२ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्
यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८६४ जना पुगेको छ । यसैगरी हालसम्म कुल संक्रमितको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७१ हजार ४७५ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३६ हजार ५११ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ९ लाख ३० हजार ६०७ जना निको भएका छन् ।
हाल देशभर सक्रिय संक्रमित २९ हजार ४ जना रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा २ लाख २० हजार ६०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण