एमसीसी अनुमोदन गर्नुपर्नेमा काँग्रेसको जोड
नेपाली काँग्रेसले अमेरिकी आर्थिक सहयोग एमसीसी अनुमोदन गर्नुपर्नेमा जोड दिएको छ । बिहीबार र पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा, नेता शशांक कोइराला लगायतले एमसीसी कुनै सैन्य रणनीति अन्तर्गत नरहेको भन्दै एमसीसी पास गर्नुपर्नेमा जोड दिएका हुन् ।
बैठक जारी रहेकै बेला बाहिरिएका नेता शशांक कोइरालाले एमसीसीमा सबै नेता एकमत जस्तै रहेको बताए । उनले जनतालाई पनि एमसीसी नेपालको विकाससँग जोडिएकाले सोहीअनुसार बुझाउनुपर्नेमा नेताहरुले जोड दिएको बताए । ‘शेरबहादुरजीले मलाई पनि यो संक्षिप्तमा ल्याउ म अरु साथीहरुसँग पनि छलफल गर्छु भन्नुभयो’, नेता कोइरालाले बैठकमा सभापति देउवाले राखेको भनाइ उदृत गर्दै भने ।
बैठकमा एमसीसीबारे लामो ब्रिफिङ गर्दै यो राम्रो ग्रान्ट भएकाले यसलाई लिनुपर्ने धारणा राखेका थिए । त्यस्तै बैठकमा स्थानीय चुनावमा गठबन्धन बनाउने कि नबनाउने बारे समेत छलफल भएको छ । त्यसक्रममा नेता कोइरालाले काँग्रेसको अस्तित्व जोगाउनका लागि गठबन्धन गर्न नहुने धारणा आफुले राखेको कोइरालाले जानकारी दिए । त्यसैगरी काँग्रेसका भ्रातृ संघ संगठन बारेको छलफलमा स्थानीय निर्वाचनपछि मात्रै निर्वाचन गर्नुपर्ने धारणा आएको कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण