काँग्रेस नेतालाई नेविसंघको झण्डा उपहार
बिहीबार, २७ माघ २०७८, १६ : ५३
नेविसंघका नेता तथा कार्यकर्ताहरूले आफ्नो संगठनको महाधिवेशन सुनिश्चितताको माग गर्दै आफैंले बनाएको झण्डा केन्द्रिय समितिका पदाधिकारी तथा नेताहरुलाई बुझाएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मालाई नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले झण्डा बुझाए भने अन्य पदाधिकारीलाई मुख्यसचिवमार्फत सुशील भट्टले झण्डा हस्तान्तरण गरेका छन् ।
विधानसम्मत महाधिवेशनको माग गर्दै यो समूहले विगत देखिनै अनसन र धर्ना दिँदै आएको छ । कार्यक्रममा नेविसंघ नेताहरु रत्नहरि ढुङ्गेल, हरि आचार्य, दिपक ओझा, निराजन शाही, सुशान्त तामाङ, सुवास घिमिरे, आभास रेग्मी, सगुन कँडेल, पदमा भुसाल लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ