शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

बिहीबार, २७ माघ २०७८, १६ : ३५
बिहीबार, २७ माघ २०७८

पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । एक जनाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ भने अर्का एक जनाको पार्किङ गरेर राखिएको स्काभेटरमा शव फेला परेको छ  । 

 पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर २ की ७३ वर्षकी गौकुमारी श्रेष्ठको आगो ताप्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । आफ्नौ घरमा आगो ताप्ने क्रममा जलेपछि उपचारको क्रममा उनलाई मिसन अस्पताल तानसेनमा ल्याएको थियो । त्यहीँ आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तल्लो सिद्धबाबा नजिकै एक युवाको शव फेला परेको छ । उनी स्याङ्जाको कालीगण्डकी–३ का ४० वर्षीय अर्जुन घर्ती भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तल्लो सिद्धबाबा नजिकै सडक छेउमा पार्किङ गरेर राखिएको स्काभेटरमै झुण्डिएको अवस्थामा घर्तीलाई भेटिएको थियो ।

स्थानीयले देखेपछि तत्कालै इलाका प्रहरी कार्यालय दोभानमा खबर गरेका थिए । उनको शवलाई थप अनुसन्धानका लागि पोष्टमार्टम गर्न पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पामा  प्रहरी नायव उपरीक्षक  रामेश्वर त्वातीले जानकारी दिए । घटनाको प्रहरीले थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप