शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय

एमालेको संशोधित नियमावली र जनसंगठन सम्बन्धी निर्देशिका जारी (पूर्ण पाठसहित)

बिहीबार, २७ माघ २०७८, १५ : ५१
बिहीबार, २७ माघ २०७८

नेकपा एमालेले पार्टी नियमावली (चौथो संशोधन) र जनसंगठन समन्वय सम्बन्धि निर्देशका २०७८ जारी  गरेको छ । संशोधित पार्टी नियमावलीमा यसअघि गरिएको पार्टी विभागहरुको आकार बढाइएको छ ।

नियमावलीको चौथो संशोधनले एमालेका ३३ विभागमा प्रमुख, उपप्रमुख र सचिवसहित २५ सदस्यबाट बढाएर ३५ सदस्य रहने बनाएको छ । त्यस्तै विभागका सचिव यसअघि सदस्यहरुबाट छानिने व्यवस्था गरेको एमालेले अब भने केन्द्रीय कमिटी बाटै मनोनयन गर्ने व्यवस्था गरेको छ ।

संशोधित नियमावलीमा पार्टी सदस्यता शूल्क मासिक १५ रुपैयाँ निर्धारण गरेको छ । त्यसैगरी नियमावलीमा सबै तहका पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरुले आफ्नो कार्यक्षेत्रबाट बाहिर जानु परेमा अध्यक्षलाई जानकारी दिनुपर्ने व्यवस्था थपेको छ ।

एमालेले अन्य वैकल्पिक स्रोत नभएका र पूर्णकालिन रुपमा पार्टीको राजनीतिक तथा प्रशासनिक कार्यमा संलग्न पदाधिकारी, सदस्य कार्यलय सचिव र कर्मचारीलाई सम्बन्धित कमिटीले निर्धारण गरे बमोजिमको पारिश्रमिक र सुविधा दिने व्यवस्था पनि गरेको छ ।

त्यस्तै पार्टीले तोकेको काममा जाने कुनै पनि नेता कार्यकर्ताको खर्च सम्बन्धित कमिटीले नै व्यहोर्ने व्यवस्था गरेको छ । एमालेको विधानको धारा ८७ मा पारिश्रमिक र खर्चबारे उल्लेख छ । त्यसैगरी एमालेले पार्टीको औपचारिक कार्यक्रममा पार्टी र राष्ट्रिय झण्डा अनिवार्य राख्ने व्यवस्था गर्नुका साथै राष्टिय गान र शहीदप्रति श्रद्धाञ्जली अनिवार्य गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप