बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ : नेपालगञ्ज उपमहानगरमा राप्रपाको सत्ता

बिहीबार, २७ माघ २०७८, १५ : ५०
बिहीबार, २७ माघ २०७८

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रमुखमा राप्रपाका धवल शम्शेर जवरा निर्वाचित भएका थिए । उपप्रमुखमा काँग्रेसकी उमा थापा विजयी भएकी थिइन् । उपमहानगरपालिका प्रमुखमा निर्वाचित भएका राणाले १२ हजार ५ सय १५ मत ल्याएका थिए । 

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुरेश कुमार कानोडियाले ८ हजार ७ सय ३० मत पाएका थिए । माओवादी केन्द्रका दामोदर आर्चायले ७ हजार १ सय ९८ मत, एमालेका समुद्धीन सिद्धिकीले ६ हजार ९ सय ६५ मत, संघीय समाजवादी फोरम नेपालका कमरुद्धीन राईले ५ हजार ४ सय ४१ मत, मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिककी क्रुतु शाहीले ६ सय ४७ मत ल्याएकी थिइन् । 

नेपालगञ्ज उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित भएकी उमा थापाले १० हजार ७ सय ३१ मत ल्याएकी थिइन् । उनका प्रतिस्पर्धीहरु राप्रपाकी रमा रानी गुप्ताले ८ हजार ९ सय २४ मत, एमालेकी शान्तिदेवी ढकालले ७ हजार ७ सय ७३ मत, माओवादी केन्द्रकी कलामुन अन्सारीले ७ हजार ६७ मत, नयाँ शक्ति पार्टी नेपालकी शोभा कुमारी लखेरले ५ हजार ३ सय ८९ मत, मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का मीस बाहुन हक अन्सारीले १२ सय ७७ मत, नेपाल परिवार दलकी लक्ष्मी बस्नेतले १ सय १८ मत, राष्ट्रिय जनमोर्चाकी झपु खत्रीले ९० मत र नेमकिपाकी मिना कुमारी परियारले ५१ मत ल्याएकी थिइन् । 

नेपालगञ्ज उपमहानगरपालिकाका २३ वडाहरुको मत परिणाम यस्तो थियो- 
वडा नंं. १- 
यो वडामा एमालेका प्रमोद रिजाल ८ सय १८ मत ल्याएर विजयी भएका थिए । 
राप्रपाका बलराम सोनार- ५ सय १७ मत
कांग्रेसका सीतादेवी काफ्ले- ४ सय ७० मत
माओवादी केन्द्रका आसमाया बजगाइनी- २ सय ३४ मत
संघीय समाजवादी फोरम नेपालका अब्दुल रहीम हलवाई- १ सय १० मत 
वडा नं. २- 
यो वडामा कांग्रेसका सुनिल सिंह हमाल ४ सय ६६ मत ल्याएर विजयी भएका थिए । 
राप्रपाका मनोज कुमार श्रेष्ठ- ३ सय ७४ मत
माओवादी केन्द्रका मो.सलीम मनिहार- ३ सय ६८ मत 
एमालेका अम्मेर जंङ्ग शाही- २८९ मत
मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका राम नरेश तेली- १ सय ९३ मत
संघीय समाजवादी फोरम नेपालका सन्तोष कुमार लेखी ९३ मत
स्वतन्त्र वनवरीलाल बानिया ८८ मत
वडा नं ३- 
यो वडामा माओवादी केन्द्रका मोहम्मद अयुब सिद्धिकी ५ सय २४ मत ल्याएर विजयी भएका थिए । 
एमालेका अब्दुल लतिफ अन्सारी- ४ सय ५० मत
कांग्रेसका निजुमुद्धिन अन्सारी- ४ सय ४४ मत

राप्रपाका वारीस अली- २ सय ५३ मत
स्वतन्त्र घनश्याम बानिया- ८४ मत 
वडा नं. ४- 
यो वडामा राप्रपाका मोहम्मद सफि बेहना विजयी भएका थिए । 
एमालेका चेत बहादुर गुरुङ- ५ सय २४ मत
माओवादी केन्द्रका गोपाल पुन- ४ सय ६१ मत
कांग्रेसकी राधा थापा ४ सय ६० मत
संघीय समाजवादी फोरम नेपालका अकबर अलि खाँ- २ सय ७८ मत
मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका डिगम्बर जयसवाल- ५० मत 
वडा नं. ५- 
यो वडामा राप्रपाका कैफुल वरा जोलाह २ सय ८८ मत ल्याएर विजयी भएका थिए । 
कांग्रेसका मेराज अहमद हलवाई- २ सय ६२ मत
संघीय समाजवादी फोरम नेपालका शराफत हुसेन शेष- २ सय ३९ मत 
माओवादी केन्द्रका मोहम्मद वतिक खाँ- २ सय ३४ मत
एमालेका रजमान अलि अन्सारी- २ सय २९ मत
स्वतन्त्र उदय नारायण मिश्र- ८३ मत
वडा नं. ६- 
यो वडामा एमालेका समीर प्रताप सिंह ४ सय ४६ मत ल्याएर विजयी भएका थिए । 
राप्रपाका रवीन्द्र थापा- ३ सय ५४ मत
कांग्रेसका कपिल कुमार पाठक- १ सय ८० मत
स्वतन्त्र रितेश कुमार शर्मा- १ सय ६८ मत
माओवादी केन्द्रका हिरासिंह बुढामगर- १ सय ५३ मत
संघीय समाजवादी फोरम नेपालका तेजराम कुर्मी- १ सय १२ मत 
वडा नं. ७- 
यो वडामा माओवादी केन्द्रका जुमन खाँ ४ सय २६ मत ल्याएर विजयी भएका थिए । 
एमालेका प्रसन्त श्रेष्ठ- ३ सय ११ मत
राप्रपाकी लक्ष्मी कुमारी श्रेष्ठ- २ सय ६० मत
कांग्रेसका केदार रत्न मानन्धर- १ सय ७९ मत 
संघीय समाजवादी फोरम नेपालका हर्क बहादुर गुरुङ- ८३ मत 
वडा नं ८- 
यो वडामा राप्रपाका सुरेन्द्र गुप्ता ५ सय ५४ मत पाएर विजयी बनेका थिए । कांग्रेसका निजामुद्धिन सिद्धिकी- ४ सय ८९ मत 
माओवादी केन्द्रका रिजवान कसगर शेक- ३ सय ७६ मत
एमालेका राधेश्याम बानिया- १ सय ४२ मत
नयाँ शक्ति पार्टी नेपालकी रानी राई- १ सय ३४ मत 
वडा नं. ९- 
यो वडामा एमालेका विष्णु बहादुर लामा ३ सय १४ मत ल्याएर विजयी भएका थिए । 
कांग्रेसका चन्द्र तिमिल्सिना- २ सय ९४ मत 
माओवादी केन्द्रका भूपाल खड्का- १ सय ५९ मत
संघीय समाजवादी फोरम नेपालका फरिजंग खाँ- १ सय ५१ मत
राप्रपाका शान्ता बहादुर प्रधान- १ सय ४५ मत 
वडा नं. १०- 
यो वडामा कांग्रेसका विन्दू भूषण बस्नेत ५ सय ४३ मत ल्याएर विजयी भएका थिए । 
राप्रपाका श्रवण कुमार श्रेष्ठ- ५ सय ३२ मत
एमालेका दमन कुमार श्रेष्ठ- १ सय ८९ मत
संघीय समाजवादी फोरम नेपालका बलराम ठाकुर- १ सय ८ मत
माओवादी केन्द्रका विष्णु प्रसाद श्रेष्ठ- १ सय ३ मत
वडा नं. ११- 
यो वडामा कांग्रेसका उज्वल सिंह राठौर ५ सय ४२ मत ल्याएर विजयी भएका थिए । 
माओवादी केन्द्रका नन्द किशोर कश्यप- ४ सय ८२ मत
राप्रपाका मोहम्मद युनुस कवडिया- ३ सय १६ मत
एमालेका अब्दुल कादिर कबडिया- २ सय ५४ मत
संघीय समाजवादी फोरम नेपालका रौनक अलि इद्रीसी १ सय ६५ मत 
वडा नं. १२- 
यो वडामा कांग्रेसका बुद्धि सागर सुवेदी ५ सय २९ मत ल्याएर विजयी भएका थिए । 
एमालेका देवरत्न ढकाल- ४ सय ८ मत
राप्रपाका कृपाराम कुर्मी- ३ सय ७७ मत
माओवादी केन्द्रका तीर्थराम चिडीमार- ३ सय ६७ मत
वडा नं. १३- 
यो वडामा कांग्रेसका वीरेन्द्र बहादुर शाह ५ सय ३८ मत ल्याएर विजयी भएका थिए । 
राप्रपाका सुरेश सिंह ठाकुर- ५ सय ८ मत
माओवादी केन्द्रका मृगबहादुर शाह- ४ सय ४९ मत
एमालेका मोहनलाल चौहान- ३ सय १७ मत
संघीय समाजवादी फोरम नेपालका जाकिर अहिल कवडिया- १ सय ९४ मत 
वडा नं. १४-
यो वडामा एमालेका ओमकार नाथ मिश्रा ३ सय ४३ मत ल्याएर विजयी भएका थिए । 
संघीय समाजवादी फोरम नेपालका मजहर अलि साई- ३ सय ३० मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका विजय कुमार चौधरी- २ सय ८५ मत
कांग्रेसका जिलेदार भाट- १ सय ३६ मत
माओवादी केन्द्रका गुलाम रसुल साई- १ सय १ मत
वडा नं. १५-  
यो वडामा संघीय समाजवादी नेपाल पार्टीका बल्लन कवडिया ६ सय ४३ मत ल्याएर विजयी भएका थिए । 
माओवादी केन्द्रका धर्मेन्द्र कुमार वर्मा- ४ सय ११ मत
राप्रपाका मदन बिक्रम शाह- २ सय ६८ मत
कांग्रेसका अकबर अलि दर्जी- १ सय १० मत 
वडा नं. १६- 
यो वडामा कांग्रेसका हनिफ जोलाहा ९ सय ३८ मत ल्याएर बिजयी भएका थिए । 
माओवादी केन्द्रका मोहोमद अहमद कुरैसी- ६ सय ९७
संघीय समाजवादी फोरम नेपालका सलीम जोलाह- ५ सय २४ मत
मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका शैलेन्द्र कुमार कुर्मी- १ सय ५२ मत 
एमालेका मेराजह अहमद कुरैशी- ८३ मत 
वडा नं. १७- 
यो वडामा माओवादी केन्द्रका अजय कुमार पाठक ९ सय १० मत ल्याएर विजयी भएका थिए । 
कांग्रेसका जयराम कुर्मी- ५ सय ८६ मत
एमालेका निजामुद्धिन दर्जी- १ सय ८५ मत
राप्रपाका रामगोपाल कुर्मी- १ सय ६६ मत
संघीय समाजवादी फोरम नेपालका गोकर्ण प्रसाद कलवार- १ सय १० मत 
वडा नं. १८- 
यो वडामा एमालेका दीपक कुमार वर्मा १३ सय ६५ मत ल्याएर विजयी भएका थिए । 
कांग्रेसका जगदीश प्रसाल कुर्मी- ६ सय ४१ मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र प्रसाद कुर्मी- ३ सय ३९ मत 
माओवादी केन्द्रका सुशीला कार्की- १ सय १० मत 
वडा नं. १९- 
यो वडामा कांग्रेसका पारस राम कुर्मी ६ सय ८९ मत ल्याएर विजयी भएका थिए । 
एमालेका धनराज कुर्मी चौधरी- ५ सय ५९ मत
राप्रपाका धनराज कांदु- ३ सय ४९ मत
संघीय समाजवादी फोरम नेपालका फकरुल्ला पठान- ३ सय २ मत
माओवादी केन्द्रका पुष्पराज गिरी- २ सय १८ मत 
वडा नं. २०- 
यो वडामा एमालेका कृष्ण कार्की ८ सय ९६ मत ल्याएर विजयी भएका थिए । 
संघीय समाजवादी फोरम नेपालका कौशल धोवी- ६ सय २२ मत
मधेशी जनअधिकार फोरम नेपाल, लोकतान्त्रिक- ४ सय ४ मत
कांग्रेसका नाथे कुर्मी- ३ सय ९५ मत 
राप्रपाका नमराज सापकोटा- ३ सय ७५ मत
माओवादीका टंक बहादुर पुन- २ सय २ मत 
वडा नं. २१- 
यो वडामा माओवादी केन्द्रका रंजीत खाँ ६ सय ५८ मत ल्याएर विजयी भएका थिए । 
कांग्रेसका राजकुमार तेली- ५ सय ९० मत 
संघीय समाजवादी फोरम नेपालका राधेश्याम पाठक- ५ सय १६ मत
एमालेका खलिल अहमद दर्जी- २ सय ८६ मत 
राप्रपाका राज कुमारी नाउ- १ सय ३ मत 
वडा नं. २२- 
यो वडामा कांग्रेसका विद्याराम कुर्मी ५ सय ९८ मत ल्याएर निर्वाचित भएका थिए । 
राप्रपाका गुरदिन अहिर- ५ सय ४६ मत
एमालेका राधेश्याम गोडिया- २ सय ९२ मत 
माओवादी केन्द्रका अब्दुल गफ्फार हलवाई- १ सय ५७ मत ​

वडा नं. २३- 
यो वडामा संघीय समाजवादी फोरम नेपालका मोहम्मद हुसेन शेष १ सय ८८ मत ल्याएर विजयी भएका थिए । 
कांग्रेसका जबर अली बेहना- १ सय १५ मत
राप्रपाका शोभा राम खटिक- ६४ मत 
एमालेका अब्दुल शेष- ४८ मत 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप