मधेस प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सुरु
![मधेस प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सुरु](https://rpcdn.ratopati.com/media/albums/Sarlahi-hariban-programme_9l9qY5kGpc.jpg)
मधेस प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सर्लाही हरिवनमा सुरु मंगलबार भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा भइरहेको दश दिने ढोलक, मादल प्रशिक्षणमा विभिन्न आठ जिल्लाका प्रशिक्षार्थी सहभागी छन् ।
फागुन ५ सम्म सञ्चालन गरिने प्रशिक्षणमा प्रशिक्षार्थीलाई लोकबाजाको परम्परागत पृष्ठभूमि र क्षेत्रीय समुदायसँगको धार्मिक, साँस्कृतिक सम्बन्धबारे जानकारी दिने, बाजा बन्ने, बनाउने र सुर मिलाउने तरिका सिकाइने छ । त्यस्तै, पूर्वीय तथा पश्चिमी सङ्गीतको प्रारम्भिक ज्ञान, बाजा अनुसारको सङ्गीत संयोजन गरी त्यसैनुसार अभ्यास, सुरताल बोल स्वरलिपिमा लेखन अभ्यास गराइने नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोककुमार राईले जानकारी दिए ।
यस अघि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले बागमती र प्रदेश नं १ स्तरीय मौलिक लोकबाजा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या