अन्तिम दिन ११ अंकले घट्यो नेप्से, कारोबार रकम तीन अर्बमा सिमित
बिहीबार, २७ माघ २०७८, १५ : १२
आज साताको अन्तिम कारोबार दिन विहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.९६ अंकले घटेको हो । यससँगै नेप्से परिसूचक २८ सय १ अंकमा आइपुगेको छ ।
यसक्रममा आज तीन अर्ब ८२ करोड ९५ लाख रुपैयाँ बराबरको ६९ लाख ५० हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक दोहोरो अंकले घटे पनि आज तीन समूहको सूचक बढेको छ । व्यापार समूहमा ४६ अंकको सुधार आउँदा अन्य समूह १२ अंकले र म्युचुअल फण्ड समूहमा सामान्य सुधार आएको छ । यसबाहेक, अन्य सबै समूहमा गिरावट आएको छ ।
निर्जीवन बीमा कम्पनी समूह सबैभन्दा धेरै ८१ अंकले घटेको छ भने लघुवित्त समूहमा ३७ अंकको गिरावट आएको छ । यस्तै, विकास बैंक समूह २८ अंकले र जलविद्युत समूह २७ अंकले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण