अन्तिम दिन ११ अंकले घट्यो नेप्से, कारोबार रकम तीन अर्बमा सिमित
बिहीबार, २७ माघ २०७८, १५ : १२

आज साताको अन्तिम कारोबार दिन विहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.९६ अंकले घटेको हो । यससँगै नेप्से परिसूचक २८ सय १ अंकमा आइपुगेको छ ।
यसक्रममा आज तीन अर्ब ८२ करोड ९५ लाख रुपैयाँ बराबरको ६९ लाख ५० हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक दोहोरो अंकले घटे पनि आज तीन समूहको सूचक बढेको छ । व्यापार समूहमा ४६ अंकको सुधार आउँदा अन्य समूह १२ अंकले र म्युचुअल फण्ड समूहमा सामान्य सुधार आएको छ । यसबाहेक, अन्य सबै समूहमा गिरावट आएको छ ।
निर्जीवन बीमा कम्पनी समूह सबैभन्दा धेरै ८१ अंकले घटेको छ भने लघुवित्त समूहमा ३७ अंकको गिरावट आएको छ । यस्तै, विकास बैंक समूह २८ अंकले र जलविद्युत समूह २७ अंकले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’