नेविसंघको महाधिवेशन गर्न माग गर्दै सानेपामा फरक शैलीको आन्दोलन (तस्बिरहरु)
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विधानसम्मत महाधिवेशनको माग गर्दै बिहीबार नेतृत्वलाई दबाब दिएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको मौकामा नेविसंघको कृष्ण प्रसाद सिटौला, प्रदीप पौडेल निकटका विद्यार्थीहरुको समूहले महाधिवेशनको माग गर्दै नेतृत्वलाई दवाव दिएको हो ।
पूर्व केन्द्रीय सदस्य सुशिल भट्ट ,रत्नहरि ढुंगेल ,नवराज त्रिपाठी, परमेश्वर साहलगायतका विद्यार्थी नेताहरु पार्टी कार्यालय सानेपा अगाडि भेला भइ नेतृत्वलाई नेविसंघको झण्डा ड्रोइङ गरेर पार्टी सभापतिदेखि केन्द्रीय कार्यसम्पादन समिति सदस्य समेतलाई महामन्त्री विश्वप्रकाश शर्मा र मुख्य सचिव कृष्ण पौडेल माफर्त बुझाएको विद्यार्थी नेता सुवास घिमिरेले बताए ।
उनीहरुले केन्द्रीय कार्यसमितिका सदस्य समेतलाई नेविसंघको झण्डासहितको ‘विधानसम्मत महाधिवेशन सुनिश्चित गर’ लेखिएको ड्रोइङ बुझाउने छन् ।
नेविसंघका पूर्व केन्द्रीय सदस्य सुशील भट्टले लामो समय महाधिवेशन हुन नसक्दा अन्योलता भएको भन्दै नेतृत्वलाई दवाव दिन फरक शैलीको रचनात्मक विधि अपनाइएको बताए । उनले फुलिस्केप कागजमा नेविसंघको झण्डासहितको पेन्टिङ गरेर नेतृत्वलाई दवावसहित दिइएको जानकारी दिए । उनले छिटोभन्दा छिटो महाधिवेशन हुनुपर्छ भन्ने आफूहरुको धारणा रहेको भन्दै सोहीअनुसार नेतृत्वले वातावरण बनाउनुपर्नेमा जोड दिए ।
पार्टी कार्यालयमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा नेविसंघको महाधिवेशनसहित विभिन्न विषयमा छmलफल हुने कार्यक्रम रहेको छ । नेविसंघको महाधिवेशनको माग गर्दै विद्यार्थीहरुले यसअघि नै नेताहरुको ध्यानाकर्षण समेत गराउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२४ मा भारतमा भित्रियो १ खर्ब २९ अर्ब डलर रेमिट्यान्स
-
विकासमा पनि राजनीतिकरण भयो
-
हचुवामा योजना छान्ने प्रवृत्ति
-
जयपुरमा केमिकल बोकेको ट्याङ्कर विष्फोट, ३० भन्दा बढी गाडीमा आगलागी, चार जनाको मृत्यु
-
आज घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
-
मुग्लिन–पोखरा सडक : पश्चिम खण्ड विस्तार गर्न दोस्रो पटक म्याद थप