कमल थापा पुनः पार्टीमा फर्किनेमा आशावादी छु : पशुपतिशमशेर जबरा
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले हालै पार्टी परित्याग गरेका पूर्व अध्यक्ष कमल थापा पुनः पार्टीमा फर्किनेमा आशावादी रहेको बताएका छन् । बिहीवार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरूसँग बोल्दै पूर्व अध्यक्ष शमशेरले यस्तो बताएका हुन् ।
उनले थापालाई धैर्य गर्न र छलफल गरेर मात्रै निर्णय लिन अनुरोध गरे पनि अस्वीकार गरेकोमा दुःख लागेको बताए । उनले पूर्व अध्यक्ष थापाले पार्टी परित्यागको घोषणा गर्नु अनपेक्षित घटना भएको बताए ।
पूर्वअध्यक्ष राणाले भने, ‘यो अनपेक्षित घटना हो । उहाँको धेरै गुनासोहरू सार्वजनिक भइसकेको थियो । तर हाम्रो कुरा हुँदा यी सबै कुरालाई अलि धैर्य लिएर छलफल गरौँ भनेर मैले अनुरोध गरेको थिएँ । त्यो अनुरोध स्वीकार हुन्छ भन्ने आशा गरेको थिएँ । अपर्झट निर्णय आयो, दुःख लाग्दो कुरा हो । तीनै चरणको निर्वाचनमा पार्टीले गम्भीर भएर सोच्नुपर्छ । उहाँ पार्टीमा पुनः फर्किनुहोस् भन्ने आशा छ ।’
पूर्वअध्यक्ष शमशेरले आगामी तीनै चरणको निर्वाचनमा पार्टी गम्भीर भएर लाग्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण