मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

महिला आयोगको कार्यालय स्थापनाका लागि सहयोग गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बिहीबार, २७ माघ २०७८, १३ : ५०
बिहीबार, २७ माघ २०७८

लुम्बिनी  प्रदेश सरकारका  मुख्यमन्त्री  कुलप्रसाद  केसीले  राष्ट्रिय महिला आयोगको  संरचना  प्रदेशमा आवश्यक  रहेको  भन्दै  प्रदेशमा संरचना स्थापना  लागि  सरकारले सहयोग  गर्ने प्रतिवद्धता  व्यक्त   गरेका  छन् ।

बुटवलमा  आज राष्ट्रिय महिला आयोगका सदस्य एवं प्रतिनिधिहरूसँग भेटघाट एवं वार्षिक प्रगति प्रतिवेदन ग्रहण गर्दै उनले सो प्रतिवद्धता जनाएका हुन् । मुख्यमन्त्री केसीले लैंगिक हिंसाका घटनाहरु तीव्र रुपले बढि रहेकाले यसलाई कानूनी रुपमा सहजीकरण गर्नका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

प्रतिनिधिहरुसँगको कुराकानीका क्रममा उनले नेपालको संविधान २०७२ ले राष्ट्रिय महिला आयोग अन्तर्गतको संघीय आयोगको संरचना नै प्रदेशमा पठाउनुपर्ने बताए । प्रदेश र जिल्लास्तरमा समेत महिला आयोगको आवश्यकता रहेको उनको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका सदस्य विद्याकुमारी सिन्हाले राष्ट्रिय महिला आयोगको संरचना निर्माणका लागि धेरै समय लागेको बताउँदै अब त्यसको संरचना र कार्यालय ७ वटै प्रदेशमा स्थापना गर्ने योजना सुनाइन् । उनले लुम्बिनी प्रदेशमा पनि छिट्टै प्रदेश कार्यालय स्थापनाको तयारी रहेको जानकारी दिइन् ।  

कार्यक्रममा प्रदेशसभा सदस्यहरु, राष्ट्रिय महिला आयोग कार्यालयका उप–सचिव चन्द्रा भट्टराई, मनोसामाजिक परामर्शदाता पार्वती सुवेदी समेतको उपस्थिति रहेको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह  विश्वकर्माले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप