शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुसमा अहिलेसम्मकै बढी कोरोना संक्रमित

बिहीबार, २७ माघ २०७८, १३ : २४
बिहीबार, २७ माघ २०७८

रुसमा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो मन्त्रालयका अनुसार यहाँ बुधबार मात्र कम्तीमा पनि १ लाख ८३ हजार जना कोरोना संक्रमित भेटिएका बताइएको छ । 

यहाँ गएको आइतबार मात्र पनि एक लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएका थिए । त्यसपछिका केही दिन यहाँ संक्रमितहरु केही घटेकामा बुधबार आएर सबैभन्दा धेरै देखिएका छन् ।

ती संक्रमितको संख्या अहिलेसम्मकै २४ घन्टाभित्र देखिएकामा सबैभन्दा बढी हो । यहाँ अहिलेसम्म एक करोड ३३ लाख ३० हजार कोरोना भाइरसका संक्रमित देखिएका पनि बताइएको छ । 
त्यसैगरी यहाँको सरकारले बताए अनुसार यहाँ गएको २४ घन्टामा नै कम्तीमा पनि ६६९ जना संक्रमितको निधन भएको छ । 

यो समेतगरी यहाँ अहिलेसम्म तीन लाख ३७ हजार ३९० जनाको ज्यान गएको छ । रुसमा सबैभन्दा बढी संक्रमित हुने स्थान राजधानी मस्को नै रहेको पनि यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । 

रुसमा पछिल्लो समयमा विकसित भएको ओमिक्रोन भेरियन्टको प्रकोप बढेको पनि बताइएको छ । सरकारले सतर्कता अपनाएको छ तर संक्रमितहरु भने बढ्दो रुपमा रहेको पाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप