मन्त्री आलेको निर्देशनपछि नेपालगञ्जको ड्रिमल्याण्ड होटल बन्द
![मन्त्री आलेको निर्देशनपछि नेपालगञ्जको ड्रिमल्याण्ड होटल बन्द](https://rpcdn.ratopati.com/media/albums/PREM-ALE_RF5hPVyqSj.jpg)
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिनी क्यासिनो सञ्चालन वापतको रु ३८ करोडभन्दा बढी रोयल्टी नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल पनि बन्द गराएको छ । मिनी क्यासिनो सञ्चालन गरी सरकारलाई उक्त होटलले रु ३८ करोड १० लाख ४५ हजार ६६४ रोयल्टी तिर्नुपर्ने देखिएको छ ।
सरकारलाई तिर्नुपर्ने रोयल्टी बुझाउन पटक–पटक पत्राचार गरेपनि उक्त होटलले नतिरेका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा उक्त होटल तथा क्यासिनो बन्द गराइएको हो । वि.सं २०६७ भदौ २० गते मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल) को अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्याण्डमा मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो ।
आर्थिक वर्ष २०७६/७७ सम्मको बक्यौता, आर्थिक वर्ष २०७७/७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालू आर्थिक वर्षको रोयल्टी गरी रु ३८ करोड १० लाख ४५ हजार ६६४ नबुझाएपछि होटल बन्द गर्नाका साथै मिनी क्यासिनोको लाइसेन्स नै रद्द गरिएको मन्त्री आलेले जानकारी दिए । ड्रिमल्याण्ड होटल र आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल बन्द गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको पर्यटन विभाग होटल शाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साङ्घाई कोअपरेसन सम्मेलन : राष्ट्रपति पुटिन र सीबिच प्रभाव जमाउने होडबाजी
-
सैदी पावर कम्पनीको सेयर जारी गर्न कुमारी क्यापिटल बिक्री प्रबन्धक नियुक्त
-
रवि लामिछानेले ब्ल्याकमेलिङको राजनीतिक गरेको सांसद बस्नेतको आरोप
-
लोसपाले पनि कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने
-
निःशुल्क डेस्कटप सपोर्ट तालिम सम्पन्न
-
कांग्रेसका १० भ्रातृ संगठनले चैत मसान्तसम्म महाधिवेशन गरिसक्नुपर्ने