मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बाराकी रुबि साह जेएमके ‘वुमन इन विजनेस’ छात्रवृत्तिबाट सम्मानित

बिहीबार, २७ माघ २०७८, १२ : ५७
बिहीबार, २७ माघ २०७८

बाराकी रुबि साहलाई १० हजार डलर बराबरको ‘जोन्टा इन्टरनेशनल २०२१ जेनएम क्लाउजम्यान’ (जेएमके) वुमन इन विजनेस छात्रवृत्तिबाट सम्मान गरिएको छ । उनलाई जोन्टा क्लब अफ काठमाडौँ–२५, क्षेत्र नम्बर २ बाट मनोनयन गरिएको थियो । पुरस्कारको लागि जोन्टा इन्टरनेसनल डिस्ट्रिक्ट छनोटमा आवेदन पठाइएको थियो, त्यहाँबाट उनले थप २ हजार डलर पनि प्राप्त गरिन् ।

साथै, अन्य ३२ जनाले २ हजार डलर बराबरको थप छात्रवृत्ति पाएका छन् । रुबीले संयूक्त राज्य अमेरिकाको इलिनोइसस्थित जोन्टा हेडक्वार्टरबाट थप ८ हजार डलर प्राप्त गरेकी हुन् । उनी शैक्षिक वर्ष २०२१– २०२२ को लागि अन्तर्राष्ट्रिय छात्रवृत्ति प्राप्त गर्ने विश्वभरका ६ मध्ये एक हुन् ।

उनी वित्त र लेखा विषय लिएर ब्रिटिस कलेजमा स्नातक अन्तिम वर्षमा अध्ययनरत छिन् । १९ वर्षको उमेरदेखि नै रुबीले इन्क्युबेशन, कन्टेन्ट क्रिएसन, मार्केटिङ, र परामर्श सेवाजस्ता धेरै स्टार्टअपहरूसँग काम गरिरहेकी छिन् । उनी उद्यमी नेपालीको पूर्व प्रमुख अपरेटिङ अफिसर पनि हुन् । हाल उनी कीर्तिपुरको रोट्रयाक्ट क्लबको चार्टर प्रेसिडेन्टको रूपमा नेतृत्व गरिरहेकी छिन् । जहाँ उनले ४० भन्दा बढी स्थानीय युवाहरूसँग मिलेर सामुदायिक परियोजनाहरू र क्षमता विकास सम्बन्धी कार्यक्रमहरू संयोजन गरिरहेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप