स्वयम्भू घटना : मदिरा सेवनपछि विवाद हुँदा हत्या प्रयास, आरोपी सार्वजनिक
काठमाडौं महानगरपालिका–१५ स्वयम्भूस्थित ग्रिल कारखानामा मदिरा सेवनपछि विवाद हुँदा २३ वर्षीय विकास आचार्यको हत्या गर्ने प्रयास गरिएको छ । ठाडो भर्याङस्थित धर्म राउतले सञ्चालन गरेको कारखानामा सँगै काम गर्ने ४८ वर्षीय मिलन खत्रीले फलामको चक्कु र बन्चरो प्रहार गरेर हत्या प्रयास गरेका हुन् ।
नुवाकोटको विदुर नगरपालिका–१ घर भएका आचार्यको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भिर छ । घटनामा संलग्न सुर्खेतको वीरेन्द्रनगर घर भएका मिलन खत्रीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
आरोपीले चक्कु र बन्चरोले हिर्काउँदा आचार्यको गर्धन र टाउकोमा गहिरो चोट लागेको छ । सँगै काम गर्ने उनीहरु बीच गएराति मदिरा सेवन गर्दा विवाद भएको थियो । आचार्यले आफुलाई जथाभावी गाली गरेपछि आवेगमा बन्चरो र चक्कु प्रहार गरेको मिलन खत्रीले प्रहरीलाई बताएका छन् ।
घाइतेलाई तत्काल मनमोहन मेमोरियल अस्पताल र त्यहाँबाट ट्रमा सेन्टरमा रिफर गरिएको थियो । महानगरीय प्रहरी वृत्त स्वयम्भूले आरोपीलाई ‘ज्यान मार्ने उद्योग’ मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीसँग रश्मिलाको प्रश्न : ऐन महरलाई कहिले कारबाही हुन्छ ?
-
आयोग गठन भाँडिएकोमा बाबुरामको प्रश्न : लाखौँ द्वन्दपीडितका आँसु बगिरहनुमा प्रमुख दोषी को हो ?
-
बुटवलमा औद्योगिक व्यापार मेला सुरु
-
प्रहरीले दैनिक ११७ जना मानिस पक्राउ गर्छ
-
सरकारले निजी लगानीलाई प्रोत्साहन गरिरहेको छ : अर्थमन्त्री पौडेल
-
रुसले किन दियो अफगानिस्तानमा तालिवानलाई मान्यता ?