पाकिस्तानी एयर फोर्सले जेएफ–१७ फाइटर जेट पाउने
पाकिस्तानी एयर फोर्सले (हवाई सेना) जेएफ–१७ थन्डर फाइटर जेट पाउने भएको छ । चीन र पाकिस्तान मिलेर विकास गरिएको पछिल्लो भर्सनको जेएफ १७ थन्डर फाइटर जेट आगामी महिनाको अन्त्यमा प्राप्त हुने पाकिस्तानी वरिष्ठ प्रतिरक्षा अधिकारीले जानकारी दिएका छन् । पाकिस्तान एयर फोर्स (पीएएफ) का प्रवक्ताले यसलाई मार्च २३ को परेडमा सार्वजनिक गरिने उनको भनाई छ ।
‘जेएफ–१७ थन्डर ब्लक थर्ड यो श्रृंखलाको पछिल्लो विमान हो, यसका सबै परीक्षण उडान पूर्ण भइसकेका छन्’ अरब न्यूजसँगको कुराकानीमा उनले भनेका छन् । यसको रोल आउट गत वर्षको डिसेम्बरमा भएको थियो ।
यो जेएफ–१७ थन्डर आधुनिक, हलुका, सबै मौसममा चल्ने, बहु भूमिका भएको फाइटर विमान हो । यसले आकासबाट आकासमा र आकासबाट सतहमा मार हान्न सक्छ । यो विमान पाकिस्तान एरोनउटिकल कम्प्लेक्स र छेङदु एयरक्राफ्ट इन्डस्ट्री कर्पोरेसनले चीनमा विकास गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या