बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

आज सरकारले बजेटको अर्धवार्षिक समीक्षा गर्दै

बिहीबार, २७ माघ २०७८, १२ : ३४
बिहीबार, २७ माघ २०७८

बिहीबार सरकारले बजेटको अर्धवार्षिक समीक्षा गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को छ महिना अर्थात साउनदेखि पुस मसान्तसम्म बजेटको खर्च तथा राजस्व परिचालनको अवस्थाबारे समीक्षा गर्ने भएको हो । 
यसका लागि अर्थमन्त्रालयले आज दिउँसो २ बजेका लागि मन्त्रालयमा नै बैठक बोलाएको छ । 

केपी ओली नेतृत्वको सरकार वहिर्गमनमा परेसँगै नेतृत्वमा आएको शेरबहादुर देउवा नेतृत्वको सरकारले कुल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बराबरको प्रतिस्थापन बजेट ल्याएको थियो । महालेखा नियन्त्रण कार्यालयका अनुसार चालु आर्थिक वर्षको छ महिना वितिसक्दा (आजसम्म) कुल बजेटको जम्मा ३५.८३ प्रतिशत अर्थात् ५ अर्ब ८५ करोड ४ लाख २८ हजार मात्र (चालु,पुँजीगत र वित्तीय व्यवस्थापन) खर्च भएको जनाएको छ । 

यता, राजस्व परिचालन तर्फ कुल ११ खर्ब ८० अर्ब ६० करोडको लक्ष्य राखेको सरकारले हालसम्म ५१ प्रतिशत अर्थात् ६ खर्ब ५ अर्ब ६६ करोड ८७ लाख रुपैयाँ उठिसकेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप