शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभाका उपाध्यक्ष र प्रदेशसभाका उपसभामुखबीच अन्तरक्रिया

बिहीबार, २७ माघ २०७८, ११ : ५१
बिहीबार, २७ माघ २०७८

काभ्रेको धुलिखेलमा राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेशसभाका उपसभामुखबीच अन्तरक्रिया आयोजना भएको छ । अन्तरक्रियाको सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार बिहान उद्घाटन गरेका छन् ।

संघीय संसद सचिवालयको आयोजनामा राष्ट्रिय सभाका माननीय उपाध्यक्ष र प्रदेश सभाका माननीय उपसभामुखबीच अन्तरक्रिया एवं अनुभव आदान–प्रदान कार्यक्रम राखिएको हो ।

प्रदेश सभाका उपसभामुखहरूले प्रदेश सभा सञ्चालनसम्बन्धी अनुभूति तथा प्रदेश सभाको विषयमा आ–आफ्ना धारणा राखिरहेका छन् । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेश तिमिल्सिनाले पनि सम्बोधन गर्ने कार्यक्रम छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप