राष्ट्रिय परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता
बिहीबार, २७ माघ २०७८, ११ : ४६
राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी सङ्घसँग व्यवस्थापनले वार्ता सुरु गरेको छ ।
गत साउन २५ मा सदस्य सचिव दुर्गा अर्याल समक्ष पेश गरेको मागका सम्बन्धमा बोर्डको नेतृत्वले चासो नदिएपछि कर्मचारी आन्दोलित भएकामा आजदेखि वार्ता सुरु भएको सङ्घका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिए ।
सङ्घले माग पूरा गराउन यही माघ २६ गते १२ बजेसम्मको अल्टिमेटम बोर्ड नेतृत्वलाई दिएको थियो । त्यो समयसम्ममा पनि माग पूरा नभएपछि कर्मचारी आन्दोलित भएका हुन् । सङ्घका कर्मचारीले बुधबारदेखि बोर्डको कार्यालयभित्रै धर्ना सुरू गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आप्रवासी श्रमिकहरूको मानवअधिकार संरक्षण गर्न आयोगको आग्रह
-
मलेसियाका लागि नेपाली राजदूतमा तिम्सिना नियुक्त
-
राष्ट्रपतिद्वारा भारतका लागि नेपाली राजदूत नियुक्त
-
बैंकिङ कसुरका सबैभन्दा धेरै मुद्दा काठमाडौँ उपत्यकामा
-
मुलुकलाई स्थिरता र सुशासनतर्फ फर्काउन नयाँ सरकार : प्रधानमन्त्री
-
नयाँ प्रतियोगिताका रूपमा सोचेर खेल्यौँ : सोमपाल कामी