बढ्यो दुधको उपभोक्ता मूल्य, अब प्रतिलिटर ८५ रुपैयाँ
सरकारले दुधको उपभोक्ता मूल्य बढाएको छ । मन्त्रिपरिषद्को बैठकले दुधको किसानले पाउने मूल्य निर्धारण गरेलगत्तै उपभोक्ता मूल्य पनि निर्धारण भएको हो । अब दुधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ पुगेको छ ।
यसअघि, दुधको मूल्य प्रतिलिटर ७६ रुपैयाँ कायम थियो । मन्त्रिपरिषद्को बैठकले किसानले पाउने दुधको मूल्य १३.१७ प्रतिशतले बढाएको थियो । यसअघि, किसानले प्रतिलिटर दुधमा ४९.५२ रुपैयाँ पाउँथे । नयाँ मूल्य निर्धारण गर्दै ६.५२ रुपैयाँ बढाइएसँगै किसानले प्रतिलिटर ५६.०४ रुपैयाँ कायम छ ।
किसानले पाउने मूल्य मन्त्रिपरिषद्ले तोकेपनि उपभोक्ता मूल्य तय गर्ने जिम्मा दुग्ध विकास संस्थान (डीडीसी) लाई जिम्मा दिइएको थियो । डीडीसीले उपभोक्ता मूल्य निर्धारण गर्दै ८५ रुपैयाँ कायम गरेको हो । दुधको उपभोक्ता मूल्य ८५ रुपैयाँ पुर्याएको संस्थानले जानकारी दिएको छ । किसान मूल्य ६.५२ रुपैयाँ र उद्योगीलाई २.४८ रुपैयाँ राखेर पुरानो उपभोक्ता मूल्यमा ९ रुपैयाँ प्रतिलिटर मूल्य बढाइएको संस्थानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण