बढ्यो दुधको उपभोक्ता मूल्य, अब प्रतिलिटर ८५ रुपैयाँ

सरकारले दुधको उपभोक्ता मूल्य बढाएको छ । मन्त्रिपरिषद्को बैठकले दुधको किसानले पाउने मूल्य निर्धारण गरेलगत्तै उपभोक्ता मूल्य पनि निर्धारण भएको हो । अब दुधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ पुगेको छ ।
यसअघि, दुधको मूल्य प्रतिलिटर ७६ रुपैयाँ कायम थियो । मन्त्रिपरिषद्को बैठकले किसानले पाउने दुधको मूल्य १३.१७ प्रतिशतले बढाएको थियो । यसअघि, किसानले प्रतिलिटर दुधमा ४९.५२ रुपैयाँ पाउँथे । नयाँ मूल्य निर्धारण गर्दै ६.५२ रुपैयाँ बढाइएसँगै किसानले प्रतिलिटर ५६.०४ रुपैयाँ कायम छ ।
किसानले पाउने मूल्य मन्त्रिपरिषद्ले तोकेपनि उपभोक्ता मूल्य तय गर्ने जिम्मा दुग्ध विकास संस्थान (डीडीसी) लाई जिम्मा दिइएको थियो । डीडीसीले उपभोक्ता मूल्य निर्धारण गर्दै ८५ रुपैयाँ कायम गरेको हो । दुधको उपभोक्ता मूल्य ८५ रुपैयाँ पुर्याएको संस्थानले जानकारी दिएको छ । किसान मूल्य ६.५२ रुपैयाँ र उद्योगीलाई २.४८ रुपैयाँ राखेर पुरानो उपभोक्ता मूल्यमा ९ रुपैयाँ प्रतिलिटर मूल्य बढाइएको संस्थानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्
-
विकासकाे गतिमा यसरी अघि बढ्दैछ पालुङटार