शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

समृद्धि फाइनान्स र कुमारी बैँकबीच रेमिट्यान्स सम्झौता

बिहीबार, २७ माघ २०७८, ११ : २७
बिहीबार, २७ माघ २०७८

समृद्धि फाइनान्स र कुमारी बैँकबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख व्यवस्थापक बिनोदराज पौडेल र कुमारी बैंकका तर्फबाट कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन् । 

यो सम्झौता पश्चात कुमारी रेमिटको आन्तरिक र अन्तर्राष्ट्रिय रेमिटको भुक्तानी समृद्धि फाइनान्सका सम्पूर्ण शाखाहरूबाट सजिलै लिन सकिन्छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले पाँचवटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ । फाइनान्सले बचत खातामा उच्चतम ब्याजदरमा निक्षेप संकलन गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप